यौन व्यवसायमा संलग्न १२ जना पक्राउ पक्राउ


यौन व्यवसायमा संलग्न रहेको अभियोगमा पोखरा लेखनाथ महानगरपालिका–६ लेकसाईडस्थित होटल योकोहामाबाट होटल संचालक, यौन व्यवसायमा सहयोग गर्ने ट्याक्सी चालकसहित ५ युवा र ७ युवतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा अवैधरुपमा यौन व्यवसाय संचालन भइरहेको भन्ने प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मानिसहरुलाई मानव वेचविखन मुद्वामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments