धुर्मुस सुन्तली पसेपछि उड्यो वीर अस्पतालका भ्रष्ट कर्मचारीहरुको सातो

धुर्मुस सुन्तली पसेपछि उड्यो वीर अस्पतालका भ्रष्ट कर्मचारीहरुको सातोबीर अस्पतालको सर सफाइमा धुर्मुस सुन्तली लगायतका कलाकारको जोडी जुटेसँगै त्यहाँ रहेका भ्रष्ट कर्मचारीहरुको भागाभाग सुरु भएको छ । कलाकार धुर्मुुस सुन्तली सहितका सय जनाको कामदारहरुले बिहान,दिँउसो र राती गरी तीन सिफ्टमा वीर अस्पताल रङरोगन तथा मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने सक्रिभ भएसँगै त्यहाँ मिलेमतोमा टेण्डर र कमिसन मिलाएर भ्रष्टचार गर्न पल्किएकाहरुको सातो गएको हो । वीर अस्पतालमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता हुने गरेको प्रमाण केही समय अगाडि मात्र महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको थियो । यस्तै सार्वजानिक खरिद इकाइले गरेको एउटा अनुगमनको क्रममा वीर अस्पतालका उपकरण खदिरमा सबैभन्दा बढी अनियमितता हुने गरेको प्रकाशमा आएको थियो । एउटै उपकरणलाई नौ करोडभन्दा बढी मुल्य तिरेर खरिद गरिएको भेटिएपछि वीर अस्पतालमा बसेर सेटिङ मिलाएर खान पल्किएका हाकिमहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अगोग,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सार्वजानिक खरिद ईकाइ लगायतका स्थानमा त्यहाँका कर्मचारीहरुले मुद्धा दर्ज गराइसकेका छन् ।
हशिले सरसफाइमा ३० र रङरोगनमा ७० कामदार खटेर वीर अस्पताल सरसफाइ गर्ने काम तिव्र गतिमा भइरहेको छ । जहाँ स्वास्थ्य मन्त्रालयको अगुवाइ गरेको छ । गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गरिरहेका छन । अभियानका अन्य सहयोगी मा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य हुनुहुन्छ ।
राज्यमन्त्री पदमा अर्यालसँगै शर्मा र धुर्मुसले गत आइतबार वीर अस्पतालको चर्पी सफाइ गरेर अभियानको शुरुआत गरिएको हो । अहिले अस्पतालको विशेषगरी चौथो तलामा काम भएको छ । भूइँतलाको भूइँ टल्किएको छ, चर्पीहरु प्रायः सबै सफा भएका छन् भने भित्तामा रङरोगन गरिँदैछ । लिफ्ट, झ्याल र अरु संरचना टल्काउन खेम्स क्लिनिङका दक्ष जनशक्तिले काम गरिरहेका छन् ।
भूकम्पपीडितहरुलाई बस्ती बसाल्नेजस्तो अत्यन्त प्रशंसनीय काम गरेका कलाकार धुर्मुस र सुन्तलीले “वीरजस्तो मुलुकको जेठो र संवेदनशील अस्पताल सफाइ गरेर देशका अन्य सरकारी अस्पताल र अस्पताल मात्र नभएर अन्य क्षेत्रमा पनि नमूना पेश गर्न सकियोस् भनेर यो अभियान थालिएको बताँउछन् रातदिन काम गरेका छौँ, सक्दो बल लगाएका छौँ, हेरौँ कतिसम्म सम्भव हुन्छ ।” धुर्मुस सुन्तली फाउण्डेशनले रङरोगनका लागि सामग्री र मजदूरको प्रबन्ध गरेको छ । यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, सफा नेपाल उपसमितिका संयोजकसमेत यो अभियानमा होमिएका छन ।

Comments