फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ।
यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र 'फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ। कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन्।
त्यस्तै कम्पनीले ८६ करोड ५० लाखभन्दा बढी पोस्टहरू पनि हटाएको छ। हिंसा फैलाउने‚ आतंकवादी गतिविधिसँग सम्बन्धित‚ अश्लिलता झल्काउने किसिमका तस्बिर प्लेटफर्मबाट हटाइएको हो।
त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २०० वटा एप्स पनि हटाएको छ । यी एपबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुने खतरा रहेको कम्पनीको भनाइ छ। (नेपाल समाचारपत्र दैनिक)
Comments
Post a Comment