
काठमाडौं । भारतीय सेना नेपाल भित्र्याएको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेवि संघले विरोध गरेको छ । २८ र २९ गते दुई दिने राजकी भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल निम्त्याइएको अवसरमा भारतीय सेनालाई खुलेआम नेपाल आउन दिएको विरोधमा नेपाली कांग्रेसको भातृसंगठन नेवि संघले विरोध गरेको हो । मुख्य प्रतिपक्ष दल काँग्रेसको भातृ संगठन नेवि संघले केहीबेर अघि त्रिचन्द्र क्याम्पस अगाडि प्रर्दशन गर्दै सडकमा चक्काजाम गरेको हो । मोदी भ्रमणका क्रममा प्रदेश २ मा चरम कुटनीतिक मर्यादा उल्लंघन भएको, जनकपुर उपमहानगरको साँचो मोदीलाई सुम्पिएको लगायतका विषयमा आपत्ति जनाउँदै बिरोध गरकेो हो ।
Comments
Post a Comment