मकालु विमान खसेको प्रत्यक्ष देख्ने लामा रावलको वयान यस्तो छ



लामा रावल बुधबार बिहानै भेडाको बथान लिएर बाजुरादेखि हुम्लाको खार्पुनाथतिर जाँदै थिए।

डाँडामाथि कुहिरो छपक्कै थियो। त्यतिखेर उनले देखे–एउटा जहाज सिमकोटतर्फ जाँदै थियो। तर केही पर पुगेपछि जहाज फन्को मारेर त्यहि ठाउँमा आयो। जहाजले तीन चार पटक चक्कर लगाइरह्यो।

चौथो पटकमा भने जहाज डाँडाको कुहिरोमा छि¥यो। अनी उनलाई लाग्यो– जहाज पक्कै दुर्घटनामा प¥यो।

त्यसपछि जहाज खोज्दै डेढ घण्टाको पैदल हिँडेर उनी दुर्घटनास्थल पुगेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

‘शंका लागेर म अघि वढेँ, विमान दुर्घटना भएको रहेछ, विमान तीन भागमा भाँचिएको थियो। सामान पनि छरपस्ट थिए’, रावलले भने। विहान करिब ९ बजेतिर खार्पुनाथ २ को लामा डाँडामाथिको बाहुनखर्कस्थित एक्लभुजमा क्षतविक्षत अबस्थामा भेटिएको उनले बताए।

दुर्घटनास्थलमा टुक्राटुक्रामा छरिएको विमान र नचिनिने अबस्थामा चौरमा दुईवटा शव देखेपछि गाउँलेलाई खबर गरेको उनले जानकारी दिए।

Comments