कसरी खानेकुराको स्वाद नघटाई स्वस्थ बनाउने ?



आफूलाई मनपर्ने खानेकुराको स्वाद नघटाईकन त्यसलाई स्वस्थ बनाएर खान मन छ ?

मन छ भने यहाँ हामीले यस्ता केही टिप्स दिँदै छौँ, जसले आफ्नो मनपर्ने परिकारको स्वाद नघटाई त्यसबाट चिल्लो, गुलियो, नुन, क्यालोरी घटाउन र फाइबर बढाउन मद्दत गर्छ ।

यसरी स्वस्थ बनाऔँ खाना

चिल्लो घटाउनुहोस्

केही फ्राइ गर्दै हुनुहुन्छ भने ननस्टिकी प्यान प्रयोग गर्नुहोस् । खानामा एक चम्चा तेल कम गरेर तपाईले ४५ क्यालोरी घटाउन सक्नुहुन्छ । खानेकुरा पकाउँदा सुख्खा भइरहेको छ भने तेल नथप्नुहोस् बरु पानी थप्नुहोस् । गुड फ्याटको लागि उच्च (पोली र मोनोस्याचुरेटेड) तेल जस्तै ओलिभ प्रयोग गर्नुहोस् । परिकारमा सकेसम्म कम तेल प्रयोग गर्नुहोस् ।

नुन कम गर्नुहोस्

प्रायः सबै परिकारहरूमा तपाईले नुन राख्नुपर्ने हुन्छ । नुनलाई वैकल्पिक सिजनिङ जस्तै पिपर, जडीबुटी, मसला, कागतीको रस, भिनेगर वा तोरीले विस्थापित गर्न सकिन्छ । मानिसहरूलाई स्वादअनुसार सिजनिङ थप्न दिनुहोस् । तपाईलाई आफूले धेरै नुन खाएजस्तो लाग्छ भने साल्ट क्याल्कुलेटर प्रयोग गर्नुहोस् । जसले तपाईंको खानामा कति नुन छ भन्ने थाहा हुन्छ ।

गुलियो कम गर्नुहोस्

केकहरू बनाउँदा थोरै चिनी राखेर बनाउने प्रयास गर्नुहोस् । केक बनाउँदा रेसिपीमा उल्लेख भएभन्दा आधा नै कम चिनी राख्नुभयो भने पनि त्यसले काम गर्छ । प|mुट केक, फ्रुट स्कोन र टिब्रेड जस्ता परिकार गुलियो नराखी बनाउन सकिन्छ किनभने सुकेका फलफूलहरू आफैं गुलियो हुन्छ ।

फाइबर बढाउनुहोस्

भात, पास्ता, रोटी खाँदा ब्राउन बिकल्पको प्रयोग खानुहोस् । जसले तपाईको खानामा फाइबर बढाउँछ र धेरै बेरसम्म आडिलो हुन्छ । सेतो मैदाको पिठोको सट्टा विभिन्न अन्नको मिश्रण प्रयोग गर्नुहोस् । जस्तै : एप्पल क्रम्बल बनाउँदा तपाई क्रन्ची र फाइबरयुक्त बनाउन पोरिज ओट्स प्रयोग गर्न सक्नुहुन्छ । पेस्ट्री चाहिने चिकेनपाइमा तपाईले मास्ड पोटेटो प्रयोग गर्न सक्नुहुन्छ ।

सुप

तपाईको सुपलाई चिसो हुन दिनुहोस् र त्यसमाथि तैरिने चिल्लोलाई निकालेर फालिदिनुहोस् । परम्परागत बोसोयुक्त मासुको सट्टामा सुपमा केराउ, सिमी र दालहरूजस्ता गेडागुडी प्रयोग गर्नुहोस् । जसले क्यालोरी बचाउँछ र फाइबर थप्छ ।

सस र क्रिम

क्रिम, होल मिल्क र अमिलो क्रिमलाई चिल्लो निकालिएको दूध वा कम चिल्लोयुक्त दहीले विस्थापन गर्नुहोस् । कम चिल्लोयुक्त दही र प|mमेज प|mेल्सलाई तातो वा चिसो पुडिङ्समा क्रिम वा गि्रक योगहर्टको सट्टामा प्रयोग गर्न सकिन्छ ।

चीज

चेड्डर चिज वा ब्लु चिज जस्ता कडा फ्लेवर्ड चिज थोरै प्रयोग गरे पनि त्यसको फ्लेवर पाउन सकिन्छ । तपाईलाई यस्ता चिजहरूको कडा स्वाद मन पर्दैन भने कम चिल्लोयुक्त विकल्पहरू प्रयोग गर्न सक्नुहुन्छ । चिजलाई टुक्रा गर्नुको सट्टा जालीमा ताछेर खानामा छर्नुहोस् । यसो गर्दा तपाईले थोरै चिज प्रयोग गरे पनि हुन्छ ।

मायोनाइज

सलादमा मायोनाइजको सट्टामा दही वा फ्रेमेज फ्रेलको प्रयोग गर्नुहोस्, अझै भिनिग्रेट ड्रेसिङ प्रयोग गरेर त्यसलाई साइडमा सर्भ गर्दा अझै राम्रो । स्यान्डविच बनाउँदा मायोनाइज वा बटरमध्ये एक प्रयोग गर्नुहोस् दुवै होइन ।

सागसब्जी

पकाएको सब्जीलाई बटर वा तेलको सट्टा हर्वले झान्नुहोस् । सेपर्ड्स पाइ, क्यासेरोल्स, लासान्जेजस्ता परिकारबाट केही मासु हटाएर त्यसमा गेडागुडी र सब्जीहरू प्रयोग गर्नुहोस् ।

मासु

मासुबाट बोसो हटाउनुहोस् र कुुखुराको मासुबाट छाला हटाउनुहोस् । त्यसपछि फ्राई गर्नुको सट्टा बेक, गि्रल, माइक्रोवेभ, रोस्ट वा पोच गर्नुहोस् । रोस्ट गर्दा त्यसलाई गि्रल र्‍याकमा राख्नुहोस् जसले चिल्लोलाई तल र्झन मद्दत गर्छ । टुक्रा गरिएको मासु पकाउँदै हुनुहुन्छ भने त्यसलाई रातो हुनेगरी भुटेपछि चिल्लो तैर्‍याउनुहोस् अनि मात्रै र अन्य मसलाहरू राख्नुहोस् ।

Comments