यी युवा ज्योतिशी होईन यौन सिकारी, एक चोटी पढ्नुहोस् यी पतकीको युवती फसाउने यस्तो छ काईदा

यी युवा ज्योतिशी होईन यौन सिकारी, एक चोटी पढ्नुहोस् यी पतकीको युवती फसाउने यस्तो छ काईदा
सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ । दिउँसोको साढे ३ बजे केही महिलामात्र ‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँ महिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाई प्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले ‘ज्योतिष सेवा’ दिइरहेका थिए ।
लामो चुल्ठो पालेका उनले एउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकै स्टुलमा एक अधबैँसे महिला राखेका थिए । महिलाको कपडाभित्र उनका दुवै हात सलबलाइरहेका थिए । ती महिलापछि एक किशोरीको पालो आयो । उनको पनि कपडा छिचोलेर पेटतिरबाट ज्योतिषका हात सलबलाउन थाले । ती किशोरी काउकुतीले भुतुक्क भइन् । ‘के काउकुती मान्या, मोरी’ भन्दै टीकाले गाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँग ठट्टा गर्दै उनले आफ्नो काम जारी राखे । अर्की छोरी समाएर बसेकी ती किशोरीकी आमा छेउमै थिइन् । किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसम खुवाए ज्योतिषले, ‘अबदेखि बुवासँग रिसाउन्न । ठूलाले भनेको मान्छु । नराम्रो संगत छोड्छु…।’ त्यसपछि उनले किशोरीलाई कम्मरमा बुटी बानिदिए । र, शुल्क लिए, एक हजार रुपैयाँ ।
आधा घण्टाको बीच उनले चारपाँच जना महिलासँग यही प्रक्रिया दोहो¥याए । ‘मैले गाउँमै ज्योतिष विद्या पढेको हुँ,’ उनले शुक्रवार संवाददातासँग गाह्रो मानेर कुरा गरे, ‘यहाँ केन्द्र खोलेको १४ वर्ष भयो । धेरै विधि हुन्छन् ज्योतिष उपचारका । धेरैले विश्वास गरेर त अहिलेसम्म टिकेको छु । दिनमा कहिले पाँच सय त कहिले पाँच हजार रुपैयाँ कमाइन्छ । धेरैलाई निको पारिसकेको छु ।’
उनको यो केन्द्रमा धाउने अधिकांश महिला हुन्छन् । अस्पतालमा बिरामीको जत्तिकै त्यहाँ पनि लामै लाइन बस्नुपर्छ । ‘डाक्टरकोमा धाउँदाधाउँदा हैरान परेर उहाँकोमा आएकी छु,’ उपचार गराउने एक महिलाले भनिन्, ‘मलाई त डाक्टरको भन्दा गुरुबाको उपचारमा विश्वास लाग्छ । उहाँको झारफुकले पीडा कम भएको छ ।’
‘सेक्समार्फत उपचार’

Comments