
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल ज्येष्ठ २ गते बुधबार नेपाल सम्बत ११३८ अनलाथ्व,सन् २०१८ मे १६ तारिक अधिक ज्येष्ठशुक्लपक्ष प्रतिपदा तिथि अपरान्ह ४ वजेर ८ मिनेट सम्म,कृतिका नक्षत्र विहान १० वजेर ३३ मिनेटसम्म,अतिगण्ड योग,बव करण,आनन्दादियोग सिद्धि,सूर्य वृष राशीमा, चन्द्रमा वृष राशीमा । ॐः–राहुकालः–मध्यान्ह१२वजेबाट१÷४२वजेसम्म रहनेछ,यमघण्टायोगः–विहन६÷५६ वजेबाट ८÷३७वजेसम्म रहनेछ, दूरमुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२७ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२७वजेसम्म रहनेछ, । गुली कालः–विहान१०÷१९वजेबाट मध्यान्ह १२ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५८ वजेसम्म लाभवेला, ६÷५८ वजेदेखि ८÷३९ वजेसम्म अमृतवेला,८÷३९ देखि १०÷२० वजेसम्म कालवेला,१०÷२० देखि १२÷१ वजेसम्म शुभ वेला,१२÷१ देखि १÷४२ वजेसम्म रोगवेला,१÷४२ देखि ३÷२३ वजेसम्म उद्वेग वेला,३÷२३ देखि ५÷४ वजेसम्म चरवेलार ५÷४ वजे देखि सूर्यास्तसम्म लाभवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷४ वजेसम्म उद्वेगवेला,८÷४ वजेदेखि ९÷२३ वजेसम्म शुभ वेला,९÷२३ देखि १०÷४२वजेसम्म अमृतवेला,१०÷४२ देखि १२÷१ वजेसम्म चर वेला,१२÷१ देखि १÷२० वजेसम्म रोगवेला,१÷२० देखि २÷३९वजेसम्म कालवेला,२÷३९ वजे देखि ३÷५८ वजेसम्म लाभ र ३÷५८वजे देखि सूर्योदयसम्म उद्वेगवेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”
मेष

मेषः–आकस्मिक अनायास खर्च वृद्धि हुनेछ । घरपरिवारमा सनातिना समस्या देखा पर्ने छन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । आफन्तबाट विश्वासघात हुन सक्छ । प्रयत्नबाट थोरै काम हुनेछन् ।
बृष

वृषः– काम गर्ने जोश जागर बढ्नेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । थोरै कोशिस गरेमा नयाँ काम गर्ने अवसर मिल्नेछ ।
मिथुन

मिथुनः– विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्नेछ । व्यर्थको घुमाई फिराई बढि होला ।
कर्कट

कर्कटः– सामान्य मेहनतबाट नै आज काम बन्ने छन् । अनायस आम्दानी बढ्ने देखिन्छ । काम गर्ने जोश,जागर बढ्ने छ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् । मिलेर काम नगर्नु होला ।
सिंह

सिंहः– सामान्यतया दिन अनुकुल नै देखिन्छ । आर्थिक कारोवारमा चनाखो रहनु होला । गरेका काम सफल हुने छन । आम्दानीलाई बचतमा परिणत गर्न गाह्रो हुनेछ । व्यापारमा सुधार आउनेछ ।
कन्या

कन्याः– भाग्यले थोरै साथ दिनेछ । आस्था र विश्वास बढ्नेछ । बाहिरी काममा समय खर्च हुदा आफ्ना काम अधुरा रहने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । समस्या सल्टिने देखिन्न ।
तुला

तुलाः– अरुको भर परेर काम नगर्नु होला । नयाँ कामको जग हल्लिनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । घर परिवारबाट सहयोग पाईनेछैन । व्यापार व्यवसायमा गिरावट आउनेछ ।
बृश्चिक

वृश्चिकः– थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्ने छ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आकस्मिक धन हात पर्ने योग पनि देखिन्छ ।
धनु

धनुः–शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर गर्नु होला । उच्चमनोबलका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् तर अर्थ अभावले केहि ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।
मकर

मकरः–प्रेममा धोका हुनसक्छ वेलैमा सोच्नु होला । नयाँ कार्य योजनाहरु अगाडि बढाउन सजिलो हुनेछैन । दुविधा बढ्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । यात्राको सम्भावना देखिन्छ ।
कुम्भ

कुम्भः– समयले साथ दिने देखिन्न काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । पारिवारिक समस्या बढ्ने छन् । आर्थिक कारोवारमा सजग रहनु होला ।
मीन

मिनः–काम गर्ने उत्साहा बढ्नेछ । हिसाव कितावमा चल्दा राम्रै हुनेछ । थोरै मेहनत गरेमा नयाँ काम हात लाग्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । पढाईमा मन जानेछ ।
Comments
Post a Comment