एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ? जान्नुहोस् पोर्न उद्योगका ५ आश्चर्यजनक तथ्य



एजेन्सी। पोर्न फिल्ममा काम गर्ने अभिनेताहरुलाई यौनरोग तथा एचआइभी एड्सको ठूलो जोखिम हुन्छ ।

यस्तो अवस्थामा उनीहरु यस्ता संक्रमणबाट कसरी बच्छन् भन्ने चासो हुनु स्वभाविक हो ।

यसबाहेक अन्य धेरै कुराहरु पनि छन् जसका बारे आम मानिसलाई थाहै छैन । आउनुहोस् जानौं पोर्न उद्योगका ५ रोचक तथ्यहरु ।



१. सन् १९८० को दशकमा कैयौं पोर्नस्टारको मृत्यु भएपछि उनीहरुको स्वास्थ्यको लागि कडा नियम बनाइएका छन् ।

क्वोराका अनुसार पोर्न उद्योगमा काम गर्नेहरुको लागि एउटा गाइडलाइन बनाइएको छ त्यसको पालना गरेर उनीहरु यस्ता संक्रमणबाट

बच्छन् । यी पोर्नस्टारहरुले हरेक १५ दिनमा एचआइभी परीक्षण पनि गराउँछन् ।

हरेक फिल्मको सुटिङभन्दा पहिले पनि उनीहरुको परीक्षण हुन्छ ।

२. एक आम मानिसलाई यौजन्य रोगको बारेमा जति थाहा हुन्छ त्योभन्दा कैयौं गुणा बढी पोर्नस्टारहरुलाई थाहा हुन्छ ।

स्वास्थ्य मात्र नभइ करिअरको लागि पनि पोर्नस्टार यौनजन्य रोगप्रति निकै सजग हुन्छन् ।

३. जब कुनै पनि पोर्न फिल्मको सुटिङ भइरहेको हुन्छ त्यतिबेला स्टुडियोमा खास किसिमका व्यक्तिहरुलाई बोलाइन्छ ।

यी व्यक्तिहरुको काम अभिनेताहरुलाई उत्तेजित बनाउनु हुन्छ । यस्ता एक्सपर्टलाई फ्लफर भनिन्छ ।

४. एक अनुसन्धानका अनुसार संसारभर इन्टरनेटबाट डाउनलोड हुने कुराहरुको ३५ प्रतिशत हिस्सा पोर्नले ओगटेको हुन्छ । अमेरिकामा

मात्र वर्षमा १३ हजार भन्दा बढी पोर्न भिडियो बन्छन् । यसले १३ बिलियन डलरको नाफा दिन्छ । पोर्न उद्योगबाट हुने कमाइ यति धेरै हुन्छ

कि फुटबल, बास्केटबल र बेसबलको कमाइ पूरै मिलाउँदा पनि पोर्नको कमाइजति पुग्दैन ।

५. क्वोराका अनुसार केही देशहरुमा पोर्न भिडियो हेर्न प्रतिबन्ध छ । त्यहाँ पोर्न हेरिरहेको अवस्थामा पक्राउ परेमा कडा सजाय हुन्छ ।

बोट्सवाना, मिस्र, नाइजेरिया, सुडान, यूगांडा, बंग्लादेश, उत्तर कोरिया, सऊदी अरब, तुर्कमेनिस्तान, बेलारुस, यूक्रेन, पपुआ न्यू गिनी,

ओमान, अफगानिस्तान, पाकिस्तान, ईरान, इराक, जोर्डन, सीरिया, संयुक्त अरब इमिरेट, कतार, बहराइन, मलेशिया, इंडोनेशिया,

मोरक्को, सिंगापुरमा पोर्न प्रतिबन्धित छ।

Comments