हाम्रो संचारले सम्वाददातामा धिताल, थापा र महरालाई स्वागत गर्‍यो

banner

कुवेत – कुवेतबाट संचालित हाम्रो संचार डटकम अनलाइनले शुक्रबार फर्वानिया पार्कमा महिला सम्वाददाता वर्षा धिताललाई औपचारिक रुपमा स्वागत गर्दै पत्रकार समुहको मासिक बैठक सम्पन्न गरेको छ।

हाम्रो संचार डटकम अनलाइनका प्रधानसम्पादक गोपाल सिवा, कार्यकारी सम्पादक प्रदीप नेपाली, सम्पादक द्वय कमल सिम्ताली र हरी बानियाँ, संरक्षक गणेश रावतले खादा ओढाएर स्वागत गरेका हुन।

धितालले सम्वाददाताको रूपमा आबद्ध हुन पाउँदा अत्यन्तै खुशी व्यक्त गर्दै संचारबिहिन समुदायको सत्यतथ्य बुझेर आफुले कलम चलाउने प्रतिबद्धता समेत जाहेर गरीन।

त्यस्तै हाम्रो संचार डटकम अनलाइनले साउदी अरबका लागि राज थापा मगर र मलेसियाका लागि करन महरालाई समेत सम्वाददाता रूपमा आबद्ध गराउदै बैठकमा महत्त्वपूर्ण आन्तरिक छलफल समेत गरेको थियोे।

Comments