फराकिलो मनका धनी रहेछन् बेलायती राजकुमार ह्यारी, डिर्भोस गरेर बसेकी मेगनलाई अन्तत: राजकुमारीको रुपमा भित्र्याए (भिडियो)
एजेन्सी । बेलायतका राजकुमार ह्यारी र अमेरिकन नायिका मेगन मार्कल शनिबार बैबाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले २ वर्षे लामो प्रेम सम्बन्धलाई विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटासाट गरेर विबाहमा परिणत गरेका हुन् । मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुग्दा त्यहाँको माहोल निकै हेर्नलायक थियो । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्र्सले हाड डोर्याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए । विवाह समारोहमा निश्चित पाहुना थिए भने सडकमा रिब एक लाख मानिस लामवद्ध भएको बिबिसीले उल्लेख गरेको छ ।
उनीहरुको वैबाहिक समारोह यति भिन्न बन्यो की संसारले थाहा पाउनेगरी बेलायती राजपरिवारले विवाहमा एक लाख आफन्त र शुभचिन्तकलाई बोलायो । बिबिसीका अनुसार राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैवाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ भने उनीहरुको विबाहको खबर विश्वभर भाइरल बनिरहेको छ । हलिउडका फिल्म निर्मातासँग यसअघि नै विबाह गरेर डिर्भोस दिएकी मेगनलाई ह्यारीले निशंकोच प्रेम गर्दै आफ्नी राजकुमारीका रुपमा अंगाल्न तयार भएपछि मेगनको भाग्य फेरी चम्किएको हो । भिडियो हेर्नका लागी यो लिंकमा क्लिक गर्नुहोस्
Comments
Post a Comment