काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि विवादमा परेका छन् ।
खाडीमूलकमा श्रम गरिरहेका नेपाली कामदारबाट चन्दा उठाएर हालै सम्पन्न निर्वाचन लडेका मन्त्री पण्डितले अहिले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणमा लाखौं रुपैयाँ देखिएपछि विवादमा परेका हुन् ।
यसबारेमा उनले सार्वजनिक रुपमा जवाफ दिएका छन् । काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंक मै गएर हेर्ने छुट सबैलाई रहेको बताए ।
२०७० सालमा पहिलो पटक आफू मन्त्री भइसकेको र ससुरालीले दिएको जग्गा नै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न पनि उनले आग्रह गरे।
अर्काे प्रसङ्गमा मन्त्री पण्डितले जेठ महिनाभित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने बताए ।
पण्डितले स्थानीय, प्रदेश र केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको पनि जानकारी दिए।
Comments
Post a Comment