
काठमाडौं, ३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापारी सुवास श्रेष्ठले एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवक्ता रहेका प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा गैरकानुनी रुपमा कफी सप सञ्चालन गर्दै आएका छन् ।पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले मंगलबार निरीक्षणका क्रममा विमानस्थलका महाप्रवन्धक राजकुमार श्रेत्रीलाई विमानस्थलभित्र देखिएका गैरकानुनी बोर्ड र पसलहरु बन्द गर्न निर्देशन दिएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
तर, रक्सीको विज्ञापनको बोर्ड अझै हटाइएको छैन । विमानस्थलभित्र श्रेष्ठले सञ्चालन गरेको कान्तिपुर क्याफेसमेत हटाउनलाई कर्पोरेट महाशाखाले २०७४ बैशाख २१ गते नै पत्र काटेको थियो ।
महाशाखाले एक वर्ष अघि लेखेको पत्रमा भनिएको छ–‘प्रस्तुत विषयमा त्यस क्याफे बादी र नेपाल नागरिक उड्डयन प्राधिकरण समेत प्रतिबादी भएको मुद्धामा काठमाडौं जिल्ला अदालतबाट मिति २०७२/१/३ गते सम्झौताको अवधि थप गरी पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहरी भएको फैसला सम्मानित उच्च अदालत पाटनबाट सदर भएको हुँदा त्यस क्याफेले प्रयोग गरेको अवधि सम्मको यस कार्यालयलाई तिर्नु/बुझाउनु पर्ने बहाल लगायत अन्य रकम यस कार्यालयको राजश्व शाखामा सम्पर्क गरी बुझाई ३५ (पैतीस) दिनभित्र त्यस क्याफेले प्रयोग गरिरहेको स्थान खाली गरिदिनुहुन मिति २०७४/१/१४ निर्णयानुसार जानकारी गराइन्छ ।’
Comments
Post a Comment