बाजुराको हिलाचौरमा मकालु एयरको बिमान दुर्घटनाग्रस्त



सुर्खेत – मकालु एयरको नाइन एन ए जे यु कलसाइन बिमान बाजुराको हिलाचौरमा दुर्घटना ग्रस्त भएको छ।

सुर्खेत विमान स्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटना ग्रस्त हुन पुगेको हो। बाजुराको उत्तर पश्चिमि क्षेत्र हिलाचौरमा बिमान दुर्घटना ग्रस्थ भएको प्रहरीले जनाएको छ।

पाइलट किरण भट्राइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए। बिहान ६ः५५ मा सिमिकोट मिनास्थल पुग्नु पर्ने बिमान ६ः४५ बजे सम्पर्क विहिन भएको थियो।

बिमान दुर्घटना बारे स्थानीयले प्रहरीलाई जानकारी गराए पछि प्रहरी घटना स्थल तर्फ गइरहेको छ। घटनाको थप विवरण आउन बाँकी ।

Comments