
नायिका एवं निर्मात्री नीसा अधिकारी आमा बनेकी छिन् । सन्तान जन्माउँनको लागि लामो समय अमेरिका बस्दै आएकी नीसाले उतै पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छिन् । उनले सामाजिक सञ्जालमा छोराको तस्बिर सेयर गर्दे आफु आमा बनेको खुसी साटेकी छिन् । नीसाले शुक्रबार छोरालाई जन्म दिएकी हुन ।उनले यसअघि सामाजिक सञ्जालमा आफनो पेट देखाउँदै लिटिङ मङकी भनेर तस्बिर पोस्ट गरेकी थिईन् जस कारण पनि उनले छोरालाई जन्म दिन लागेको अटकलबाजी गरिएको थियो । लामो समय क्रिकेटर शरद भेषवाकरसंग प्रेम सम्बन्धमा रहेकी उनले सन् २०१७ जुन ३० मा बिवाह गरेकी थिईन् ।
Comments
Post a Comment