विप्लवका कार्यकर्तालाई पक्राउ गर्न प्रहरी रेडियोको स्टुडियो भित्र पनि पस्यो, अन्तरवार्ता दिइरहेका नेतालाई कठालोमा समातेर हिरासत पुर्यायो, अब के गर्लान् विप्लवले ?


काठमाडौँ । अन्तरवार्ता दिदै गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले रेडियो स्टेशनभित्रबाट नै पक्राउ गरेको छ । घटना हो कैलालीको लम्कीको ।

कैलाली प्रहरीले बन्दको बारेमा जवाफदेही बनाउनका लागि रेडियोका पत्रकार युवराज न्यौपानेले अन्तरवार्ता इिरहेको अवस्थामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई कैलालीको लम्कीमा रहेको रेडियो स्टेशनबाट पक्राउ दिलबहादुर साउदलाइर्ए पक्राउ गरेपछि अहिले सर्वत्र बिरोध भएको छ ।

आइतबार दिउसोको हो । दिउँसो करिब ३ बजेतिर इलाका प्रहरी कार्यालय लम्किले साउँदलाई रेडियो स्टेशनबाटै पक्राउ गरेको रेडियोका प्रबन्धक युवराज न्यौपानेले जानकारी दिएका छन् । घटनाको लम्कीका पत्रकार तथा पत्रकारहरुका विभिन्न संघ संस्थाहरुले खुलेर बिरोध गरिरहेका छन् । जनताको आवाज बोल्ने सञ्चारमाध्यममै प्रवेश गरेर प्रहरीले छापामार शैली देखाएको भन्दै सामाजिक संजालमा समेत खबर भाइरल बनिरहेको छ ।

Comments