सन्दीपलाई पहिल्यै नखेलाउनु कारण : प्रशिक्षक पोन्टिङले दिए स्पष्टीकरण



जेठ। इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राखेको थियो ।

आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै टिमलाई जित मात्र दिलाएनन्, मुम्बई इन्डियन्सको अघिल्लो यात्रामा पूर्णविराम लगाउन महत्वपूर्ण भूमिका खेले ।

सन्दीपलाई खेलाउन किन ढिला गरियो भन्ने प्रश्नमा:

प्रशिक्षक रिकी पोन्टिङले स्पष्टीकरण दिँदै भने, ‘सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो ।’

सन्दीपको बलिङको विषयमा चर्चा गर्दै पोन्टिङले अगाडि भने, ‘हामीले विगत ८-९ हप्तादेखि उनलाई नियालिरहेका छौं । उनी हरेक दिन बिहानदेखि बेलुकासम्म नथाकिकन बलिङ अभ्यास गरिरहन्थे र उनको अनुहारमा मुस्कान कहिल्यै पनि टुट्दैनथ्यो । यस्ता युवा खेलाडीहरु देख्दा असाध्यै खुशी लाग्छ ।’

उनले अघि भने, ‘आईपीएलमा उदाएका केही प्रतिभावान युवा खेलाडीमा सन्दीप पनि पर्छन् । हामी उनको लामो र सफल आईपीएल करिअरको आशा गरिरहेका छौं ।’

Comments