बच्चाले खाना खान नमान्दा होस् वा कुनै कुराको लागि जिद्दी गर्दा होस् उनीहरुलाई मोबाइल फोनमा गेम खेल्न दिएर फकाउन सजिलो भएको छ आमाहरुलाई ।
अधिकांश बुबाहरुलाई बच्चाको आमा घरमा नभएको बेला आफ्नो फोन खसेर फुटोस् तर बच्चालाई फकाउन सकियो भने ठिकै छ भन्ने परिपाटि छ । तर त्यो मोबाइल फोनबाट निस्कने ‘माइक्रोवेभ रेडिएसनले’ बच्चाको दिमागमा कति असर पुर्याउँछ भन्ने धेरैले सोचेका छैनन् ।
अमेरिकाको एक अनुसन्धान टोलीले ‘वायरलेस डिभाइस’ बाट उत्पन्न हुने माइक्रोवेभ रेडिएसनले युवा र वयस्कलाईभन्दा बालबालिकालाई धेरै असर पु¥याउने तथ्य खुलाएको छ । उनीहरुको दिमागी कोषले वयस्ककोभन्दा दोब्बर रेडिएसन सोस्छ भने बोन म्यारोले १० गुना बढी ।
त्यसैले ल्यापटप, कम्प्युटर, ट्याबलेट, मोबाईलजस्ता डिभाइसबाट बालबालिकालाई सकेसम्म टाढा राख्नु पर्ने र आफ्नै शरीरबाट पनि कम्तीमा २० सेन्टिमिटरको (७.८ ईन्च) दूरीमा राख्नुपर्ने उनीहरुले बताएका छन् ।
आफ्ना बच्चाले मोबाईलमा गित संगित नहेरी वा गेम नखेली खाना खान मान्दैन अब के गर्ने त ? भन्ने सोच्नुभएको छ भने धनदा नमान्नुहोस् लोकपथ डटकमले केहि टिप्सहरु प्रस्तुत गरेको छ ।
यसो गर्नुहोस्, बच्चाहरुलाई सेलफोनबाट टाढा राख्न :
विभिन्न बालकथा, लोककथाहरु हाउभाउका साथ सुनाउने
बालबालिकाको विभिन्न खेलहरु खेलाउने
उनीहरुको विभिन्न रुचिहरु जस्तै चित्रकला, नृत्य, खेलकुद आदि पहिचान गरेर त्यस्तै क्रियाकलापमा सरिक गराउने
सुरुदेखि नै उनीहरुले माग्नासाथ सेलफोन दिएर बानी नबसाउने
स्रोत ;/lokpath
Comments
Post a Comment