अाजकाे राशिफल-वि.सं. २०७५ साल जेठ ८ गते।


पञ्चाङ्ग

वि.सं. २०७५ साल जेठ ८ गते। मंगलबार। इश्वी सन् २०१८ मे २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– अष्टमी, २४:०२ बजेउप्रान्त नवमी। नक्षत्र– मघा, २४:०२ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– ध्रुव, ७:०५ बजेदेखि व्याघात, २८:१९ बजेउप्रान्त हर्षण। करण– भद्रा, १३:०५ बजेदेखि वव, २४:०२ बजेउप्रान्त वालव। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी ५७ पला। भौमाष्टमी व्रत। गोरखकाली पूजा।
मेष




मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।
बृष




वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा मनमुटाव आउनेछ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

मिथुन




मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयमेग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कर्कट




कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

सिंह




सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा प्रगती हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।
कन्या




कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

तुला




तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
बृश्चिक




वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु




धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पढाइमा प्रगति हुनेछ ।
मकर




मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आत्मबलमा कमी आउने छ | निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कुम्भ




कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।
मीन




मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Comments