गोरेको बयान : ‘म भन्दा माथि काम गर्ने अरु नै छन्, एसएसपी श्याम खत्रीलाई पक्रनुस्, सबै खुल्छ’
काठमाडौँ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ले बाहिर आए जस्तो आफू ठुलो सुन तस्कर नभएको बताएका छन्। मङ्गलवार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने अघि लिएको बयानमा आफू भन्दा ठुलो सुन तस्कर अरू नै भएको गोरेले बताएका हुन् छानबिन समितिसँगको बयानमा गोरेले आफू भन्दा पनि मुख्य मान्छे अरू नै रहेको बताएका छन् । अफुले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने काम मात्रै गरेको बताएका छन् । गोरेले बयानमा भनेका छन् – ‘मेरा बारेमात्र धेरै कुरा आए। मलाई मुख्य मान्छे भनिएको छ, म नै ठुलो मान्छे होइन, मभन्दा माथि काम गर्ने अरू पनि छन्। उनीहरूको बारेमा पनि खोल्नु पर्छ।’
गोरेले बयानको प्रारम्भिक चरणमा नै एसएसपी श्याम खत्रीलाई पोलेका छन् । गोरेका अनुसार एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो कनेक्सस खुल्ने बताएका छन् । सुनकाण्डमा एसएसपी श्याम खत्रीको संलग्नता देखिएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।
गोरेलाई मङ्गलवार बिहान काठमाडौँ -८ गौरीघाटबाट पक्राउ गरेको थियो । उनलाई मङ्गलवार नै सार्वजनिक गरिएको छ । लगत्तै, जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।
Comments
Post a Comment