वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई धमाधम पक्राउ गर्दै सरकार, पहिलो चरणमा नै भीएल



काठमाडौं । सरकारले यातायातको सिन्डिकेट अन्त्यको घोषणा गरेर त्यसको अन्त्यको प्रक्रियामा गएका बेला गृहमन्त्री बादलले ९डीआईजी०हरुलाई आफ्नै क्याबिनमा बोलाएर सबै ाले सिन्डिकेटको अन्त्य गर्न निर्देशन दिए लगत्तै सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई पनि पक्राउ गर्न थालेको छ । सरकारको निर्देश पाए लगत्तै मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् ।

भीएलएको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरिउको स्रोतले जनाएको छ । त्यस्तै उनको कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरि थप अनुसन्धान थालिएको छ । सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा श्रेष्ठको भूमिका रहेको पाइएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालीएको हो ।

Comments