३३ किलो सुनका मुख्य अभियुक्त गोरे पक्राउ गर्ने प्रहरीकै हातका औंलामा सुनको औठी !



काठमाडौं : मंगलबार प्रहरीले ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमै सार्वजकि गर्यो । गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिले गोरेलाई सार्वजनिक गरेको हो। गोरेलाई प्रहरीले मुखमा कालो पट्टी लगाएर सार्वजनिक गरे पनि गोरेले भने पट्टि खोलेर सबैलाई आफ्नो अनुहार देखाइदिए । यो विषयले खुब चर्चा पायो । तर, गोलेर पट्टि खोल्दा फेरि मुख छोप्न सिकाउने प्रहरी अधिकारीको हातमा टल्किएको सुनको औठी भने कसैले देखेनन् । गोरेले मुख खोलेरै देखाए शीर्षकका समाचार सबैतिर आए तर, गोरेलाई समात्ने प्रहरीकै हातमा सुनको औठी सबैले नदेखेजस्तै गरे ।

वास्तवमा सुन लगाउनु शोख होला तर, सुरक्षााकर्मी ड्युटीमा हुँदा सुन लगाउँन मिल्छ । सुनकै गहना लगाएर सुन तस्कर खोज्दै हिड्दा त्यो प्रहरीको सुरक्षा चाहिँ कसले गरिदिने ? यो एउटा गम्भीर प्रश्न हो । तर, सवाल मंगलबार पत्रकार सम्मेलनको छ । सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याको प्रमुख अभियुक्त गोरे सार्वजनिक कार्यक्रममा प्रहरी अधिकारीेले प्रदर्शन गरेको सुनको औठीमाथि अब छानबिन गर्ने कि नगर्ने ? यो अर्को गम्भीर प्रश्न हाे।

गोरे पक्राउ परेको विषय नै बिबादमा

अब प्रसंग बदलौँ । मंगलबार प्रहरीले सुन तस्करीको नाइके मानिएका गोरेलाई कानुनी कठघरामा उभ्याएको छ । छानबिन समिति र प्रहरीको दाबी अनुसार गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ स्थायी घर भएका ३७ वर्षीया गोरे गौरीघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको दाबी गर्दै गर्दा स्वयम् गोरेले भने मानवअधिकार आयोगमा आत्मसमर्पण गरेको पत्र सार्वजनिक भएको छ ।

यो पत्रले प्रहरी र छानबिन समितिको भनाइलाई झुट ठहर्याएको छ । आधिकारीक नै पत्र भए पनि प्रहरी र छानबिन समितिले भने उक्त आत्मसमर्पणवाला पत्र झुटो भएको दाबी गरेका छन् । जसले जे दाबी गरे पनि गोरेले मानवअधिकार आयोगमा आत्मसमर्पण गरेको एक निवेदन सार्वजनिक भएपछि भने छानबिन समितिको दाबीमाथि प्रश्न भने पक्कै उठेको छ ।

‘प्रस्तुत विषयमा हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाई मात्र दोषी देखाई विभिन्न पक्ष व्यक्तिले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चित गराउने र दोष जति सबै मेरा थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथगा मसँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानबिन समिति समक्ष राख्न चाहन्छु,’गोरेले ०७५ जेठ ३ गते लेखेको पत्रमा लेखेका छन् ।

गोरेले आफ्नो ज्यान बचाउँनका लागि मानवअधिकार आयोगमा निवेदन दिएको दाबी गरेका छन् । ‘यस बीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीनजनाको समेत हत्या वा मृत्यु भइसकेको थाहा पाएको हुँदा मेरो पनि जीवन खतरा पूर्ण रहेको देखिन्छ। हाल म लुकिछिपी बाच्नु परेकोले आफ्ना कुरा राख्न समेत पाएको छैन। सो सम्बन्धमा मसँग रहेका, भएका विषय राख्ने वातावरण बनाइदिनु हुन अनुरोध गर्दछु’, गोरेले लेखेको आत्मसमर्पण पत्रमा थप लेखिएको छ, ‘मेरो जीवन रक्षाहोस्। कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाईमार्फत् नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु। सुरक्षित रुपमा न्यायालयमा पुग्न सक्ने मिति, स्थान र समयको प्रबन्ध मिलाई दिनु हुन समेत अनुरोध गर्दछु।’

Comments