यी मोस्ट वान्टेड महिला मीना, जसले सयौं नेपाली चेलीहरुलाई कुवेतमा बिक्रि गरिन् ! अहिले कुवेत प्रहरीले पक्राउ गरि नेपाल पठायो


काठमाडौं। आकर्षक जागिरको प्रलोभनमा नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड महिला मिना लामा पक्राउ परेकी छिन्। कुवेत प्रहरीले उनलाई पक्राउ गरी नेपाल पठाएको हो।सिन्धुपाल्चोक ठुलोपाखर घर भएकी मिनाका श्रीमान श्याम कुमार लामा समेत कुवेतमा पक्राउ परिसकेका छन्। दुवै जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।

महानगरीय अपराध महाशाखाको पहलमा पक्राउ परेकी मिनालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा आइतबार नेपाल ल्याएको छ। उनका श्रीमानलाई आगामी साता ल्याउने तयारी गरेको छ।

महाशाखाका डिएसपी मनोहर भट्टका अनुसार उनीहरुले सिन्धुपाल्चोककै प्रिती तामाङलाई कुबेत लगेर बेचेका थिए। प्रितीलाई कुबेत लगेर बेच्ने विजय तामाङलाई गत भदौमा महाशाखाले पक्राउ गरी मुद्दा दायर गर्दा सो गिरोहका नाइके मिना र श्याम भएको खुलेको हो। उनीहरु कुवेतमै बसेर यस्तो धन्दामा सक्रिय रहेका खुलेपछि नेपाल प्रहरीले रेड कर्नर नोटिसका लागि प्रक्रिया अघि बढाएको छ।

अवैध तरिकाले कुवेतमा युवतीहरु लैजाने र त्यहाँ छानी छानी धनाढ्यहरुलाई कामदारको रुपमा बिक्रि हुने गरेको छ। त्यसरी बिक्रि हुने युवतीहरुमाथि यौन शोषण समेत हुने गरेको छ। दृस्टी न्युजमा खबर छ ।

Comments