म्यान अफ इलेक्सन’ राजेन्द्र राई माथि ‘चरम अन्याय’



गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा धनकुटा एउटा मात्रै यस्तो जिल्ला हो, जहाँको स्थानीय तहमा एउटै पार्टीले विजय हालिस गर्यो । तत्कालिन एमालेले धनकुटाको सबै स्थानीय तहमा अन्य विपक्षीलाई ‘क्लिन स्वीप’ गर्यो ।

यही खुसीयालीमा स्थानीय तह निर्वाचनको सफलतापछि २४ असार २०७४ मा धनकुटामा आयोजित विजयसभामा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘स्थानीय तह निर्वाचन, २०७४ मा एमालेको ‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई ।’ अध्यक्ष ओलीले यो घोषणापछि रोष्टमबाट नेकपा एमाले धनकुटाका अध्यक्ष राई बसिरहेको ठाउँमै पुगेर माला लगाइदिए । उनको नेतृत्वमा जिल्लाका तीन नगरपालिकासहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लीन स्वीप गरेपछि अध्यक्ष ओलीले ‘म्यान अफ इलेक्सन’ घोषणा गरेका हुन् ।

Comments