
लन्डन : बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् । बेलायतको राजधानी लन्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल दरबार को सेन्ट जर्जेज च्यापलमा विवाह समारोह भएको हो ।
उनको विवाह समारोहमा करिब ६ सय विश्वभरका विशिष्ट पाहुना थिए । वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकले सडकका दुई किनारामा रहेर समारोह हेरेका थिए। उनीहरूको विवाहलाई टेलिभिजनमार्फत गरिएको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासका साथ अवलोकन गरिएको बिबिसीले जनाएको छ ।
विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरे । सँगै उनीहरुले परम्पराअनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरे सँगै उनीहरुले दरबारमा बारदली नभए पनि बाहिर निस्किएर चुम्बन गरे । त्यत्तिबेला उपस्थित सबैले ताली बजाए र खुशी मनाए । यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ। मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् भने सेन्ट जर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हात समाएर वैवाहिक समारोहमा लगेका थिए।
Comments
Post a Comment