बाँके । बाँकेको नेपालगञ्जमा आज यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जमा शनिबार दिउँसोको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्यिसय पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै आज दिउँसो नेपालगञ्जको सापेक्षिक आर्द्रता २७ प्रतिशत र भिजिविलिटी सात किलोमिटर रहेको बताइएको छ ।
तातो हावासँगै प्रचण्ड गर्मीका कारण बाँकेको जनजीवन कष्टकर बनेको छ। घाममा नहिँड्न तथा अत्यावश्यकीय अवस्थामा बाहेक अरु बेला दिउँसो घरबाहिर ननिस्कन र प्रशस्तमा मात्रामा पानीसहित झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।
Comments
Post a Comment