ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ९ गते बुधबार नेपाल सम्बत ११३८ अनलाथ्व,सन् २०१८ मे २३ तारिक अधिक ज्येष्ठशुक्लपक्ष नवमी तिथि राती१० वजेर ७ मिनेटसम्म,पूर्वफाल्गुनी नक्षत्र राती १० वजेर ५५ मिनेटसम्म, हर्षणयोग,बालवकरण,आनन्दादियोग स्थिर,सूर्य वृष राशीमा,चन्द्रमा १० गते विहान ४ वजेर ४१ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा । ॐः–राहुकालः–मध्यान्ह १२÷१वजेबाटअपरान्ह १÷४३वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान६÷५४ वजेबाट ८÷३६वजेसम्म रहनेछ, दूरमुहूर्तः– पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२८ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२८वजेसम्म रहनेछ,गुली कालः–विहान १०÷१८वजेबाट मध्यान्ह १२÷१ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५५ वजेसम्म लाभवेला,६÷५५ वजेदेखि ८÷३७वजेसम्म अमृतवेला,८÷३७ देखि १०÷१९ वजेसम्म कालवेला,१०÷१९ देखि १२÷१ वजेसम्म शुभ वेला,१२÷१ देखि १÷४३ वजेसम्म रोगवेला,१÷४३ देखि ३÷२५ वजेसम्म उद्वेग वेला,३÷२५ देखि ५÷७ वजेसम्म चरवेलार ५÷७ वजे देखि सूर्यास्तसम्म लाभवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷७ वजेसम्म उद्वेगवेला,८÷७ वजेदेखि ९÷२५ वजेसम्म शुभ वेला,९÷२५ देखि १०÷४३वजेसम्म अमृतवेला,१०÷४३ देखि १२÷१ वजेसम्म चर वेला,१२÷१ देखि १÷१९ वजेसम्म रोगवेला,१÷१९ देखि २÷३७वजेसम्म कालवेला,२÷३७ वजे देखि ३÷५५ वजेसम्म लाभ र ३÷५५वजे देखि सूर्योदयसम्म उद्वेगवेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
मेष

मेषः– चिन्तन धेरै काम थोरै हुने छन् । समयमा निणर्य लिन सकिएन भने अवसर गुम्न सक्छ । अरुको काम गरेर जश कम मिल्नेछ । अरुका कुरा बढि नसुन्नु होला । विवाद नगरी काम गर्नु होला ।
बृष

वृषः– भेटघाटमा दिन व्यतित हुनेछ । गर्नु पर्ने कामले प्राथमिकता पाउने छैन । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । मनमा कुरा खेल्न छोड्ने छैन । घरयासी खर्च बढ्नेछ । काम गरेर जश पाईने छैन ।
मिथुन

मिथुनः– काम गर्न ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । आज गरेका काम भने सफल हुनेछन् । स्वव्यवसायमा सानातिना समस्या आए पनि मेहनत गरेमा स्वतह हटेर जाने छन् ।
कर्कट

कर्कटः– आर्थिक कुराले बढि पिरोल्नेछ । कारोवार गर्दा सर्तक रहनु होला । ऋण लगानी नगर्नु होला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् ।
सिंह

सिंहः– सवैलाई आफ्ना ठानेर काम गर्नु भयो भने दुख पाउनु हुनेछ । व्यापारमा, व्यवसायमा सामान्य उतार चढाव आउनेछ । वोल्दा विचार पु¥याउनु होला नत्र घाटा हुनेछ । खर्च गर्दा विचार गर्नु होला ।
कन्या

कन्याः– आजको दिन पनि प्रतिकुल छ नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । रिसलाई नियन्त्रण गर्नु होला ।
तुला

तुलाः– काममा ढिला नगर्नु होला घाटा हुनेछ । सामान्यतया आज गरेका काम सफल हुनेछन् । काम गरे अनुसारको उपलब्धि पनि हासिल हुनेछ । आय व्ययमा परिणत हुनसक्छ विचार पु¥याउनु होला ।
बृश्चिक

वृश्चिकः– समय चक्र राम्रो चलेको छ । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न अरुको मुख ताक्नु पर्ने छैन । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापारमा सुधारका संकेत देखिने छन् ।
धनु

धनुः– अनावस्यक कुरामा टाउको दुखाई हुनेछ । आर्थिक कुराले बढि पिरोल्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारबाट कम सन्तुष्टि मिल्नेछ । कामले विस्तारै गति लिनेछ । विवादमा नफस्नु होला ।
मकर

मकरः– अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । मानसिक चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायमा मन्दि नै आउनेछ । काम गर्ने जोश जागर बढ्ने छैन । आफन्तमा विवाद पर्ला ।
कुम्भ

कुम्भः–अरुको भर नपरि काम गर्नु होला आज गरेका काम प्राय सफल हुनेछन् । काम साच्नु भयो भने साचिने छन् । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । विवादित काममा हात नहाल्नु होला ।
मीन

मिनः– प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । पढाई लेखाई तिर भन्दा अन्य काममा बढि चासो हुनेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । खेलकुदमा चासो बढ्नेछ ।
Comments
Post a Comment