१३ वर्षीय ममताले गह भरि आशु पर्दै भनिन – मैले छोरी जन्माएकै कारण मेरै श्रीमानले मलाई नै बन्चरो हाने,अरुको त् के कुरा गर्नु ,खास कारण यस्तो पो रहेछ
सुनसरी। कानूनतः बालबिबाह बर्जित भए पनि समाजमा यस्ता समुदाय पनि छन् जहाँ कलिलै उमेरमा बैवाहिक बोझ बोक्नुपर्छ । अझ पीडा त त्यतिबेला हुन्छ, जब कलिली आमा छोरा नपाएको भन्दै तिरस्कारमा परेर घरबाट गलहत्याइन्छिन् । जसको एक उदाहरण हुन् सुनसरी इनरुवाकी १३ बर्षीया ममता मरिक ।
सुनसरीको इनरुवा अस्पतालको शैयामा चार दिनयता एक बालिका उपचाररत छिन् । र, काखमा छ कुपोषित शिशु । नाबालक बच्चाकी आमा १३ बर्षीया ममता मरिक बच्चालाई काखमा लिने अरु कोही हैन् । ममतालाई आफ्नै स्याहार कसरी गर्ने भन्ने ज्ञान छैन । शिशुलाई स्तनपान गराउन जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहार गर्ने भन्ने पटक्कै थाहा छैन । तर, परिस्थितिले १३ बर्षमै आमा बनाइदिँदा ममताले जन्माइन् कुपोषित शिशु ।
एक बर्षअघि सिरहा गोलबजारका प्रकाश मरिकसँग विवाह भएको थियो ममताको । सन्तान नहुँदासम्म त पारिवारिक सम्बन्ध ठिकै थियो । तर, जव यिनले छोरी जन्माइन, तव आफ्नै परिवार बिरानो भयो । छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिए । खान–लाउन दिएनन् । अन्नतः घरबाटै निकाले ।
घरबाट निकालिएपछि ममता माइतीको शरणमा त पुगिन । तर, दयनीय अवस्थाका बाबु–आमासँग केही गर्ने सार्मथ्य छैन् । बनिबुतो गरेर परिवार पाल्ने बाबु ढोगाई मरिकलाई सुत्केरी छोरी र कुपोषित नातीको अवस्थाले पिरोल्छ । तर, यसै गर्छु भन्ने ठम्याउन सक्दैनन् ।
रगतको अभाव र मुटुको समस्याबाट गुर्जिएकी ममता तथा कुपोषित शिशु बाँच्छन्/बाँच्दैैनन् भन्ने अन्योलकाबीच अस्पतालले दुबैलाई भर्ना लियो । आमा र बच्चाको निःशुल्क उपचार गरिरहेका चिकित्सक ‘डिस्चार्ज’ पछिको यिनको अवस्थामा चिन्तित छन् । बालबिवाहकै कारण संकटमा परेको ममताको जीवन छोरी जन्माएपछि थप संकटमा धकेलियो । ममता पारिवारिक मिलनको पक्षमा देखिन्छन् । तर, श्रीमान सम्पर्कमै छैनन् । न्युज 24 बाट साभार,
Comments
Post a Comment