
एजेन्सी । एउटा बाँदरको पिशाबका कारण एकै परिवारका तीस जनाको ज्यान बच्यो भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।तर, एक बाँदरले सबैलाई अचम्म पार्दै एकै परिवारका तीस जनाको ज्यान बचाउन सफल भएको छ । उसले त्यो समयमा पिशाब नफेरेको भए धेरै ज्यान जान्थ्यो ।
घटना बेंगलौरको हो । गएको शनिबार श्रीरंगापट्टनममा कावेरी नदीको तटमा एक धार्मिक अनुष्ठानका लागि एक परिवारका तीस जना पुगेका थिए । कावेरी नदीमा पवित्र स्नान गरिसकेपछि उनीहरु सबै एउटा आपको रुखमुनी बसे । उनीहरु त्यहाँ बसेको पाँच मिनेट नहुँदै रुखमाथि बसेको बाँदरले तल बसेका मानिसहरुमाथि पिशाब गर्यो । यसबाट रिसाउँदै तल बसेका परिवारका सदस्यले बाँदरलाई गाली पनि दिँदै त्यहाँबाट हटे । यद्यपी तीन जना अन्य जो रुखमुनी दोस्रातिर बसिरहेका थिए ।
अचानक आपको त्यो विशाल रुख ढल्यो, जसको तल रहेका तीन जना च्यापिए । यिनीहरुमा एक ४० वर्षीय रन्तामाको ज्यानै गयो । र दुई जना २५ वर्षीय दक्षिणी र १० वर्षीय पुनुइता घाइते भइन् । एक सदस्यको मृत्युपछि परिवारका अन्य सदस्य दुःखी थिए तर, साथै त्यो बाँदरप्रति आभारी पनि थिए जसलाई केही समयअघि गाली गरिरहेका थिए ।समाचार अनुसार परिवारका एकजना सदस्यले भनेका छन् बाँदरले पिशाब गर्दा हाम्रो पुरै परिवार बाँच्यो । यसकारण भनिन्छ जे हुन्छ राम्रोका लागि नै हुन्छ ।
Comments
Post a Comment