बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो ।
सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । सबैभन्दा बढी आठ हजार ५५६ पर्यटक भारतीय रहेका छन् ।
मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताउनुभयो ।
“अहिले दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उहाँले भन्नुभयो, “पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई भ्याइनभ्याइ छ ।”
मुक्तिनाथ, रानीपौवास्थित ‘स्रेने गेष्ट हाउस’ का सञ्चालक रामहरि फुयाँल बास बस्ने पर्यटक बढेको बताउनुहुन्छ । पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै बढेको छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटकले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँ जान्छन् ।
जोमसोमका होटल व्यवसायी अनिता शेरचन पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको बताउनुहुन्छ । “मुस्ताङ घुम्ने नेपालीको संख्या वर्षेनी बढ्दो छ, पर्यटकीय याममा हाम्रो पनि व्यस्तता बढ्छ,’ उहाँले भन्नुभयो । “मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।
एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दीहुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबैभन्दा बढी छ । यस्तै, मनाङहुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । सूचना केन्द्रका अनुसार वर्षेनी मुक्तिनाथ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।
गत वर्ष कूल ४६ हजार ६७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
यो पनि पद्नुहोस
किन बढिरहेको छ रक्तचाप, नियन्त्रण गर्न के गर्ने ?
– उच्च रक्त चाप अहिले धेरैमा देखिरहेको समस्या हो । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । यो बढ्नुको कारण मध्य एक खानपान र अर्को वर्तमान जीवनशैली हो ।
२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । उक्त सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ।
शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । हालसालै सिंहदरवारका कर्मचारीको रक्त चाप मापन गर्दा ७० प्रतिशत मानीसमा उच्च रक्त चाप भएको देखिएको छ।
असन्तुलित खानपान, एक्सरसाइजको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको छ। ठूलो संख्यामा रक्तचाप बढी हुने कारण यही हो । यसबाहेक वंशाणुगत कारणले पनि यसको समस्या देखिन्छ । यो हाम्रो नियन्त्रण भित्र हुँदैन।
तर खानापान र जीवनशैलीका कारण निम्तिएको उच्च रक्तचापको समस्या समाधान हाम्रै नियन्त्रणमा छ । खानपान र जीवनशैलीलाई परिमार्जन गरेर यो समस्याबाट उन्मुक्ति पाउन सकिन्छ । खानपानको शैली निकै परिवर्तन हुँदै गएको छ । शरिरमा सोडियम नामक मिनिरलको मात्रा बढ्दै गइरहेको छ । सोडियम शरिरलाई जरुरी मिनिरल नै हो तर आवश्यकता भन्दा बढी प्रयोगले समस्या निम्त्याउछ । यसको अत्याधिक प्रयोगका कारण रक्तचापको समस्या निम्तिरहेको हो।
स्वास्थ्यको हिसाबले ननुको मात्रा बढी हुनुलाई राम्रो मानिदैन । यसले गर्दा पनि रक्त चाप बढ्ने हुन्छ । व्यापारिक हिसाबले बनाइएका जंक फुडहरुले पनि रक्तचाप बढाउन मद्दत गर्छन् । किनभने यस्तो खानामा सोडियमको मात्र बढी नै हुन्छ।
खाना मिठो होस् भन्ने हिसाबले बनाइएको हन्छ । गुलियो खानेकुरा बनाउँदा पनि सोडियम हालेको हुन्छ । नुनिलो बनाउँदा पनि बढी सोडियम हालिएको हुन्छ । अजिनामोटोमा पनि सोडियम हुन्छ । ससेज, बिस्कुट, क्यान फुडलगायतका खाना उच्च रक्तचाप बनाउन सहयोगी हुन्छन्।
चिल्लो बोसो भएको खानाले पनि रक्त चाप बढाउँछन् । शरीरको वजन बढाउने जुनसुकै खाना जस्तै मैदा, ह्वाइट राइस पनि वजन बढाउने गर्छन् । तिनीहरुमा सही पोषण हुँदैन, मिनिरलको सही मात्रा हँुदैन । त्यसैले यस्ता खानाले उच्च रक्र चाप बढाउन मद्दत गर्छ । धुम्रपान र मध्यपानले पनि उच्च रक्तचाप बढाउँछ । त्यसैले यस्तो खानाबाट टाढै बस्नु पर्छ।
उच्च रक्तचाप नियन्त्रणमा राख्न फाइबरयुक्त खानेकुरा खानुपर्छ । नुनको मात्र कम गर्ने, चिल्लो भएको खानेकुरा कम खाने र डाल्डाबाट बनेका खानेकुरा खाँदै नखाने गर्दा उपयुक्त हुन्छ । पशुजन्य पदार्थ दूध, दही, घिउ ठिक्क मात्रमा खाने गर्नुपर्छ । उच्च रक्तचाप भइसकेका हरुले औषधिमात्र खाएर खानामा कुनै परिवर्तन गरेनन् भने लाभदायी हुँदैन । त्यसैले रक्तचाप नियन्त्रणमा राख्न जीवशैलीमा परिवर्तन गर्न जरुरी छ।
धुम्रपान र मध्यपानबाट टाढै बस्ने, शारीरीक कसरत गर्ने, खानपानमा परिवर्तन गर्ने गर्नुपर्छ । स्वास्थ्यवद्र्धक खानेकुरा खाने गर्नाले शरीरमा धेरै फाइदा हुन्छ । ब्लड प्रेसर आफैंमा एउटा डरलाग्दो दीर्घ रोग हो । यसले गर्दा थुप्रै रोगहरु निम्तिने गर्छनन् । मुटुरोग, मस्तिष्कघात, मधुमेह जस्ता रोगहरुको यो कारक हो।
स्वस्ग्थ खाना र सही जीवनशैली अपनाइयो भने रक्तचाप मात्रै होइन, योसँग सम्बन्धित धेरै रोगबाट जोगिन सकिन्छ।
खाना खाँदा नुनको मात्र कम गर्नु पर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले दिनमा २ ग्राम भन्दा कम सोडियम खानु भनेको छ । यसको अर्थ दिनमा ५ ग्राम भन्दा कम नुन खानुपर्छ भन्ने हो । केरा, सुन्तला, तरकारीमा हरियो सागपात, गेडागुडी, फर्सी, चना खाँदा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ।
सिलाम, तिल, आलस ,फर्सीको बियाँ, ओखर, दूध, दही ठिक्क मात्रामा खाने हो भने रक्तचाप नियन्त्रण हुन्छ।
हामीले घरमा फलाएको खानालाई मिसावट नगरी खाने गर्दा पनि उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । मासु खाँदा बोसो रहित खाने फलफूल खाने जुस भन्दा फलफूलनै खाँदा राम्रो मान्न सकिन्छ।
नुनिलो र सोडियमयुक्त खानु भन्दा आफ्नै घरमा बनाएको ताजा र हेल्दी खाना खाने हो । पोषिलो खानाको विभिन्न थरिका खानुपर्छ । प्याकेटका बनेर आएका चिज खान बन्द गर्नु पर्छ। घरको काम गर्ने, दैनिक एक घण्टा कसरत गर्ने र हिँडहुल गर्ने हो भने पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ।
Comments
Post a Comment