जनप्रतिनिधिको रुकुमका यस्तो लाजमर्दो हर्कत, कार्यपालिका बैठकमै यस्तो काम गरेपछि


रुकुम, । रकम भुक्तानिको विषयमा कुरा नमिल्दा आठबीसकोट नगर पालिकाका एक वडाअध्यक्षले इन्जिनियरलाई कुटपिट गरेका छन् ।

विहिबार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानबहादुर चदाराले वडामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई निर्घातरुपमा कुटपिट गरेका हुन् । रकम भुक्तानिको लागि पेश गरेको फाइलमा छिटो काम नगरिदिएको भन्दै आफूलाई कुटपिट गरेको इन्जिनियर चन्दले बताएका छन् ।

वडामा भएको रेडियो नयाँ नेपालका लागि नगरपालिकाबाट छुट्याएको २५ लाख बजेट भुक्तानिको लागि वडा अध्यक्ष चदाराले फाइल पेश गरेका थिए । ‘अनुगमन गरेर मात्र भुक्तानीको लागि सिफारीस गरौंला’ भन्ने इन्जिनियरको प्रतिक्रियामा वडाध्यक्षले कुटपिट गरेको चन्दले बताए ।

नगर कार्यपालिकाको बैठक बसिरहेको बेला खाजाको समयमा वडा अध्यक्षले इन्जिनियरलाई कुटपिट गरेको नगर पालिकाका प्रवक्ता गंगाराम चदाराले जानकारी दिएका छन् । वैठकमै इन्जीनियरमाथि कुटपिट गरेर वडाअध्यक्षले जिल्लाकै बेइज्जत गरेको अन्य जनप्रतिनिधिहरुको बुझाई छ । कुटपिट उत्रिने अध्यक्षमाथी प्रहरीले कारवाहीका लागि मुद्दा चलाउने तयारी गरेको छ ।

यो पनि पद्नुहोस

विशेष शुक्रबारः ज्योतिशास्त्रअनुसार कस्तो छ तपार्इंको यो साताको राशिफल ?

मेष : नयाँ कार्य प्रारम्भ गर्दा आफ्नो मात्र नभै अभिभावकहरूको रुचिको पनि ख्याल गर्नुहोला । ध्यानपूर्वक गरिएका कामले लाभ नै दिलाउनेछ । रोजगारीका लागि भांैतारिनुपर्ने स्थिति छ । अन्तर्वार्ता तथा परीक्षाहरूमा सामेल हुँदा संयमित रहनुहोला । पहेंलो रंगको प्रयोगले अपेक्षित परिणाम प्राप्त गर्न सघाउनेछ ।

वृष : यो साता मनको चञ्चलतामा वृद्धि हुनेछ । मनका भावना आदान–प्रदान गर्ने मित्र फेला पर्ने छन् । प्रसंगवश मन पराएको भावनासमेत व्यक्त हुनसक्छ । रोकिएका काम सम्पन्न भै आर्थिक संकट टर्नेछ । मांगलिक कार्यको तिथि–मिति तोकिने सम्भावना टरेको छैन । रमणीय यात्रा एवं किनमेलमा केही खर्च गर्नुपर्ने हुन सक्छ ।

मिथुन : नयाँ मित्रबाट अपेक्षाभन्दा बढी ज्ञान आर्जन गरी प्रसस्त लाभ लिन सकिनेछ । मनमा उत्पन्न सकारात्मक विचारले नौला प्राविधिक इलम रोज्न प्रेरित गर्नेछ । गरिब तथा असहायहरूलाई सहयोग गरी पूण्य आर्जन गर्नु होला । कर्मचारीवर्गले गोपनीयता तथा आर्थिक कारोबारमा सचेतता अपनाउनुपर्नेछ ।

कर्कट : लगनशीलताले विविध अवसर जुटाउने छ । तपाईंको नाम भजाएर अरूले नै फाइदा उठाउन सक्छन् । भौतिक सुखले मात्र ढुक्क हुन नसकिएला । प्रेममा अविश्वास सिर्जना हुनसक्छ । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुट्ने छ । भोज भतेरमा सहभागी हुँदा पुराना मित्रहरूसँगको भेटले मनलाई प्रफुल्ल बनाउने छ । वादविवादबाट टाढै रहनु नै उपयुक्त हुन्छ ।

सिंह : पुन: प्रयत्न गर्दा रोकिएका काममा सफलता हात पर्नेछ । बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिनेछ । विपक्षीहरूले स–साना त्रुटि औंल्याउन सक्छन् । आफ्नो आलोचनामा ध्यान पुर्‍याउनु होला । पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ ।

कन्या : सामाजिक काममा सरिक हुँदा मन पराउने साथी फेला पर्ने सम्भावना छ । घरायसी व्यवहार सञ्चालन गर्ने जिम्मेवार आइलाग्न सक्छ । भविष्यको चिन्ताले सताउने छ । असहज परिस्थितिबाट उम्कन थप धैर्यता आवश्यक देखिन्छ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्न सक्छ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिने छ ।

तुला : आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरा चाहना पूरा गर्ने समय आएको छ । रोकिएका कामको गाँठो फुक्न सक्छ । कुनै काम सम्पन्न गर्न ढिलाइ नगर्नुहोला अन्यथा पछि परिनेछ । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्नेछन् । सवारी साधन चलाउँदा संयमित रहनुहोला ।

वृश्चिक : सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी वर्गले जिम्मेवारीप्रति सचेत रहनुपर्नेछ । पारिवारिक विरोधका बाबजुद प्रेमजीवनले ठोस निर्णयको अपेक्षा गरेको छ । त्यही निर्णयले नै तपाईंको भविष्य निर्धारित गर्नेछ । साथीभाइहरूको भनाइमा लाग्दा समस्या आइलाग्न सक्छ, ध्यान पुर्‍याउनुहोला ।

Comments