अमेरिका उत्तर कोरिया शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग /उत्तर कोरिया दुःखी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गर्नुभएको थियो । उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको समाचारमा जनाइएको छ ।
आागमी जुन १२ तारिखमा सिंगापुरमा गर्ने तय भएको भनिएको सो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरिया भने दुःखी भएको बताएको छ । जुन महिनामा उक्त वार्ता समयमै हुने भनी उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा राख्दै आनुभएको थियो । तर पनि दक्षिण कोरियामा जारी रहेको कोरिया अमेरिका सैन्य अभ्यासका कारण भने उहाँ क्रुद्ध हुनुभएको थियो । बिहीबार नै अमेरिकाले एकतर्फी रुपमा उक्त वार्ता स्थगनको सूचना सार्वजनिक गर्नुभएको थियो । उहाँले उत्तर कोरियाली नेता किमलाई सम्बोधन गरिएको एउटा पत्रमा यो स्थगनबाट विश्वमा नै दीर्घकालीन रुपमा स्थापना हुने भनिएको शान्तिको ठूलो मौका गुमेको बताइएको छ । उक्त वार्ताको आयोजना सिंगापुरले गर्ने भनेको थियो । जुन १२ मा सिंगापुरमा हुने भनिएको सो वार्ताको विश्वव्यापी रुपमा नै ठूलो चासो रहेको थियो ।
उता उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षणगर्ने स्थलहरु नै नष्ट गरेको जनाएको छ । उसले ती अस्त्रहरु निर्माण र परीक्षण गर्ने गरिएका सुरुङहरू नष्ट गरेको केही घण्टामै यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ता स्थगित भएको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्प र नेता किमको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको बताइएको थियो । हालका लागि प्रस्तावित उक्त मितिमै उक्त वार्ता स्थगित गरिएको भएपनि पछि पनि आफू उत्तर कोरियासँग वार्ता गर्न आगामी दिनमा पनि इच्छुक रहेको ट्रम्पले बतउनुभएको छ । उहाँले सो पत्रमा लेख्नुभएको छ “तपाईँसँग सिंगापुरमा भेटवार्ता गर्न म निकै नै उत्सुक थिएँ तर दुःखको कुरा यहाँकोे पछिल्लो वक्तव्यका कारण हामीले धेरै पहिलादेखि योजना गरिएको भेट अहिलेका लागि हुन सकेन ।
त्यस पत्रमा राष्ट्रपति ट्रम्पले पनि आफूहरुसँग पनि पारमाणविक अस्त्र ठूलो शक्ति र मात्रामा रहेको पनि खुलासा गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘कोरिया आफ्नो पारमाणविक क्षमताको कुरा गर्छ तर हामी पनि यसमा यति शक्तिशाली छौँ कि तर म के भन्छु भने इश्वरसँग मेरो प्रार्थना छ, ती शक्तिहरुको प्रयोग यस पृथ्वीमा कहिल्यै पनि गर्नु नपरोस ।’ पत्रको अन्त्यमा ट्रम्पले किमलाई आफूलाई फोन गर्न पनि आग्रह गर्नुभएको छ । यदि यस पत्रले नराम्रो नलागेमा मलाई फोन गर्नुहोला, उहाँले लेख्नुभएको छ । यस वार्ताको स्थगनले वास्तवमा भन्ने हो भने “विश्वले र अझ उत्तर कोरियाले दीर्घकालीन शान्ति र समृद्धिको एउटा ठूलो मौका गुमाएको अनुभव पनि राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभएको छ ।
उता हालैमात्र अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ । उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाउनुभएको समाचार बिहीबार मात्र आएको थियो । अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उहाँको भनाई छ ।

Comments