काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । गत सिजनको विजेता रियल मड्रिड लिग अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको हो । यो समिकरणसँगै रियल अब तेस्रो स्थानमा सीमित भएको छ ।
शनिबार राति भएको लिगको ३८ औँ खेलमा सुरुमा दुई गोलको अग्रता लिए पनि त्यसलाई टिकाइराख्न नसक्दा मड्रिड भिल्ला रियलसँग २–२ बराबरीमा रोकिएको हो ।
रियल मड्रिडका लागि पहिलो हाफमा ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । तर, दोसो हाफमा पहिलो हाफको प्रदर्शनलाई सुरक्षित गर्न नसक्दा रियल बराबरीमा सीमित भएको हो ।
पहिलो हाफमा ११ र ३२ मिनेटमा रियलका जिनेदिन जिदान र रोनाल्डोले गोल गरेका थिए भने दोस हाफमा भिल्लारियलका लागि मार्टिनेज र कास्टिलेजो एजुएगाले क्रमस ७० र ८५ औँ मिनेटमा गोल गरेर खेल बराबरी बनाए ।
Comments
Post a Comment