फेसनसो देखि म्युजिक भिडियो हुदै चलचित्रको यात्रातय - मोडल सोफिया

newsabhiyanसुर्य चन्द, काठमाडौँ l मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l
त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सोफिया पोमु लागेकी छिन l पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सोफिया काठमाडौँलाइ कर्मथलो बनाएर सोफिया पोमु अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l
नृत्य र अभिनयमा पोख्त सोफिया पोमु सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो l दर्जनौं फेसन सो हरुमा रयांप मोडलिङ गरेर चर्चा कमाईसकेकी सोफियाले केहि म्युजिक भिडियो समेत आफ्नो अभिनय प्रस्तुत गरि सकेकी छीन, उनी अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l
भर्खर २० औ बसन्तमा प्रवेश गरेकी सोफिया पोमु हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सोफिया पोमु यदि राम्रो ठाउ बाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन l
सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सोफिया पोमु अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन l सोफिया पोमु भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।
उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।

Comments