काठमाडौं – ११ श्रावण प्रदर्शन मिति तोकेको चलचित्र ‘चि मुसी चि’को पहिलो गीत सार्वजनिक भएको छ । आइतवार काठमाडौको दरबारमार्ग स्थित राइजिङ मलमा आयोजित एक कार्यक्रममा चलचित्रको ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर रहेको छ । गीतको भिडियोमा कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा देखिएका छन् । यी दुबै यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । गीतमा कोरियोग्राफी पनि अभिनेता क्षत्रीकै रहेको छ ।
म्यूजिकल थ्रिलर जनरामा निर्मित चलचित्र दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको चलचित्रको शिवराज कार्की कार्यकारी निर्माता हुन् ।
डिआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल सुनिलले ‘चि मुसी चि’को कथाले आफूलाई आकर्षित गरेको बताए । चर्चित नृत्याङगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका ‘चि मुसी चि’मा निर्वाह गर्न पाएको बताइन् ।
शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ
Comments
Post a Comment