बुडर जोरायल सडक खण्डअन्तर्गत पर्ने बाँजीलेक गुँयली भन्ने ठाउँमा ना १ ज ३११९ नम्बर जिप दुर्घटना भएको हो। घाइतेमध्ये २ जना (नरेश मडै र चित्रा शाहानी) को अवस्था गम्भीर रहेको जनाइएको छ।
अन्य घाइतेहरुमा वीरेन्द्र शाहु, घुव्रराज जोशी, जेतबहादुर खत्री, सिर्जना खत्री रहेको प्रहरीले जनाएको छ।
जोरायलबाट कैलालीका लागि हिँडेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।
घाइतेहरुको सरस्वती प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइतेको थप उपचारका लागि कैलाली पठाइएको छ।
Comments
Post a Comment