दिल्लीको फेसबुक पेजबाट लाइभ आएर नेपालीलाई यसरी सीम्झए सन्दिप लामिाछानेले, हेर्नुहोस् यो एक्सिक्लुसिभ भिडियो
काठमाडौं। नेपालबाट आइपिएल खेल्ने पहिलो खेलाडीका रुपमा लामो समयदेखि भारतमा रहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेको चर्चा उनको डेब्यू खेलबाट नै ह्वाततै आकाशिएको छ । सानो उमेरमा नै नेपाली राष्ट्रिय टिममा सहभागी हुने मौका पाएका सन्दिप मंगलबार दिउँसो आँफु आवद्ध क्लब दिल्ली डेयरडेभिल्सको फेसबुक पेजमा लाइभ आएका छन् ।
उनले फेसबुकमार्फत जिज्ञासा राख्ने फ्यानहरुको जवाफ दिदै उनले आफूले नेपाली राष्ट्रिय क्रिकेटलाई पहिलो प्राथमिकतामा राख्ने र त्यसपछि मात्र अन्य क्रिकेट लिगहरु प्राथमिकतामा पर्ने र आगामी खेलमा पनि अवसर पाएको खण्डमा गतिलो प्रस्तुती दिने प्रतिवद्धता जनाएका छन् । डेब्यू खेलमा सन्दीप दिल्लीका सबैभन्दा किफायती बलर बने। १८१ रनको स्कोर डिफेन्ड गर्न नसकेको दिल्लीका लागि उनले ४ ओभर बलिङ गर्दा २५ रनमात्र खर्चिएका थिए ।
Comments
Post a Comment