बर्षमा तिन पटक अनुहार सर्जरी गरेर भाईरल बनेका सुजन कसरी जोडीए रेखा थापासँग ?



काठमाडौँ । अभिनेत्री रेखा थापाको निमार्ण कम्पनी रेखा फिल्मसको ब्यानरमा निर्माणाधिन चलचित्र मालिकालाई बहुप्रतिभासाली डान्सर सुजन बिश्वकर्माले गर्ने भएका छन। चलचित्रलाई नृत्यकै माध्यमबाट चिनाउने रेखाको दाबी रहेको छ। आफ्नो अनुहार एकै बर्षमा तिन पटक सर्जरी गरेर भाईरल बनेका बिश्वकर्मा प्राय नेपाल बाहिर नै बस्ने गरेका छन।

हाल अमेरीका बसोबास गर्दै आएका बिश्वकर्मा ईण्डियाको डान्स प्लस टु शो मा शहभागी भए लगत्तै चर्चीत बनेका थिए।द यु एस ए डान्स च्याम्पमा उपाधी बिजेता भएका थिए , साथै लण्डन आईडलमा समेत बिजेत ाबनेका उनि अमेरीका बसेर हज्जारौँ बिध्यार्थीहरुलाई नृत्य सिकाउने निशुल्क ब्याबस्था समेत गरेका छन ।अत्यन्तै प्रभाबशाली नृत्यकार मात्र नभई एक होनहार कलाकार आफ्नो चलचित्रमा नृत्य निर्देशकको रुपमा पाउँदा रेखा पनि कम आशाबादी भने छैनन। रेखा आफ्नो चलचित्रहरुमा सुजनलाई चयन गर्ने गर्छिन । रुद्रपिया,हिम्मतवाली लगाएत सफल चलचित्रमा सुजन बिश्वकर्माले नृत्य गरिसकेका छन भने रेखाले मालिकालाई आफ्नो कुशल निर्देशनले सजाएकी छन ।चलचित्र लक्ष्मी पूजाको दिन कात्तिक को २१ देखि प्रदर्शनमा ल्याउने लक्ष्य रहेको छ । चलचित्रलाई रामशरण उप्रेतीले छायाँकन गर्दैछ्न भने चलचित्रमा सुरेश अधिकारीको संगीत रहेको छ ।

Comments