कस्तो कारबाही हुँदैछ ? आफैलाई गोली हान्न लगाउने श्रीनिवास आचार्यलाई !

श्रीनिवास आचार्यका नामले चिनिने दिनेश पण्डित (२७ं) पुराण वाचन गर्दागर्दै ‘धर्मगुरु’ बने।
पुराण वाचन कलामा पारंगत पण्डितको महत्वाकांक्षा धर्मगुरु भएर आर्जित शक्तिमा मात्र सीमित रहेन। बैंसमै सबैका ‘पूज्य’ बनेका उनको मत्वाकांक्षा राजनीतितर्फ डोरिन थाल्यो।
१८ वर्ष नपुग्दै प्रखर पुराणवाचक भइसकेका थिए, पण्डित। बाराको सिमरा–१ घर भएका उनले सामुदायिक विद्यालमा ११ कक्षा पढ्दापढ्दै भागेर केही महिनामै पूजापाठ र पुराण वाचन सिकेको स्थानीय बताउँछन्।
२०६७ सालमा सुनसरीको चक्रघट्टीमा उनको यस्तो क्षमताबाट प्रभावित स्थानीयले उनलाई त्यहीं आश्रम बनाइदिए।
०००
राजनीतिमा स्थापित हुने प्रयास गरिरहेका पण्डितले केही सीप नचलेपछि विराटनगरमा पुराण वाचन गर्न गएका बेला २०७४ चैत २५ गते बिहान २ बजे आफैलाई गोली हान्न लगाए।
हिंसा भड्काएर आफू स्थापित हुने उनको यो योजनाले त उनलाई उदांगो नै पारिदियो। ‘समयमै अनुसन्धान सफल भएकाले सम्भावित खतरा ट¥यो,’मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य भन्छन्।
कानुनको अन्योल
आफैलाई गोली हान्न लगाउनेलाई के कारबाही गर्ने भन्ने अन्योल भएपछि मोरङ जिल्ला प्रशासनले पण्डितमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा चलाएको छ।
विराटनगरबाट कमल रिमालले लेखेकाे यो खबर आज प्रकाशित साप्ताहिक खबरपत्रिका हिमालमा छापिएकाे छ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पण्डितले धार्मिक उग्रता प्रदर्शन गर्दै हिन्दुत्वका खातिर बलिदानी दिन उक्साउने गरेका थिए। हातहतियार तथा खरखजाना मुद्दामा एक लाखसम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था छ।
वरिष्ठ अधिवक्ता राजेन्द्र भट्टराई भन्छन्, ‘धर्मलाई राजनीतिमा मिसाएर गरिने अपराध नियन्त्रणका लागि बेग्लै कानुन ल्याउन जरूरी भइसकेको छ।’

Comments