बाँदरको नाममा गरिदिइन सम्पत्ती, उसको मत्यु पछि घरमा बनाईन मन्दिर

banner

रोचक । आज हामी तपाईंलाई घरमा पालेको जनावर प्रति मानिसले कति सम्म स्नेह देखाउन सक्छ भन्ने एउटा रोचक समाचारका बारेमा जानकारी गराउँदै छौं ।

एउटी महिलाले आफुले पालेको बाँदरको नाममा आफ्नो संपूर्ण सम्पती गरिदिइन् । गत वर्ष उक्त घरपालुवा बाँदरको मृत्यु भएपछि यी महिलाले आफ्नो सम्पूर्ण सम्पती त्यो बाँदरको नाममा गरिदिएकी हुन् ।

गत वर्ष उक्त बाँदरको मृत्यु भएपछि आफ्नो घरमा उसको मंदिर पनि बनाउन लगाइन् । अनि हिजो मंगलबार मंदिरमा राम, लक्ष्मण, सीताको साथै बाँदरको मूर्तिको नाममा प्रतिष्ठा पनि स्थापना गरिन् ।उक्त अवसरमा छिमेकी लगायत साधुसन्त हरुका लागि भोजको व्यवस्था पनि गरिन् । महिलाले आफ्नो घरको नाम पनि बाँदरको नामबाट चुनमुन रोखेकी छिन् । समाचार छिमेकी मुलुक भारतको रायबरेली भन्ने ठाउँकोे हो ।

साबिस्ता बृजेश नाम गरेकी कवियित्रीले उक्त बाँदर सन २००५ देखि आफूसँग राख्दै आएकी हुन् ।

Comments