यसरी छान्नुस्
सबैभन्दा पहिले त मेकअप प्रडक्टको गुणस्तरमा ध्यान दिन आवश्यक हुन्छ । कतिपयले बिक्री गर्नका लागि डुब्लिकेटलाई पनि ओर्जिनल भन्ने गरेको पाइन्छ । यस्ता कुरामा ग्राहक नै बढी सजग हुन आवश्यक हुन्छ । त्यसैले मेकअप प्रडक्ट खरिद गर्नुपूर्व पार्लरको सल्लाह लिँदा उपयुक्त हुन्छ ।
अर्को कुरा, स्किनअनुसारको मेकअप प्रडक्ट प्रयोग गर्नुपर्छ । त्यसैले मेकअप गर्नुपूर्व आफ्नो स्किन कस्तो प्रकृतिको छ भनेर जाँच गर्न जरुरी हुन्छ । आयली र ड्राई स्किनका लागि छुट्टाछुट्टै प्रडक्ट प्रयोग गर्नुपर्ने हुन्छ ।
मेकअप प्रडक्ट लामो समयसम्म प्रयोग गर्नुपर्ने हुन्छ । किनकि, यस्ता प्रडक्ट आवश्यकताअनुसार प्रयोग गरिन्छ । त्यसैले यसको एक्सपायर डेटबारे पनि राम्ररी जानकार भएर मात्र खरिद गर्न आवश्यक हुन्छ । एक–डेढ वर्ष पहिलेको मेकअप सामग्री खरिद गर्नुहुँदैन । किनकि, स्किनसँग लापर्बाही गर्नुहुँदैन ।
खासगरी नेपाली र इन्डियनको फेसियल स्ट्रक्चर, कलर उस्तैउस्तै खालको हुन्छ । त्यसैले बढी मात्रामा इन्डियन प्रडक्टको प्रयोग गर्दा राम्रो हुन्छ । यद्यपि, गुणस्तरीय खालका नेपाली प्रडक्ट पनि राम्रा छन् । पश्चिमा मुलुकमा बनेका प्रायः प्रडक्ट गोरो छालाका लागि तयार पारिएको हुन्छ । क्वालिटी प्रडक्ट हाई युज गर्दा स्किन लोटस, लेडलन, लोरेल, भिओभीलगायतका प्रडक्ट राम्रो क्वालिटीमा उपलब्ध हुन्छन् ।
सुन्दर देखिन चाहने युवतीले मेकअपलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । तर, मेकअप गर्न वा प्रडक्ट खरिद गर्ने आइडिया नभएमा अनुहारको सौन्दर्य झन् बिग्रन पनि सक्छ । मेकअप छालासँग जोडिएको विषय भएकाले यसमा संवेदनशील बन्न जरुरी हुन्छ । उसो भए कस्तो मेकअप प्रडक्ट खरिद गर्ने त ? ब्युटिसियन उर्मिला रानाले नयाँ पत्रिकालाई बताएकी छिन् :
जाडो–गर्मीमा छुट्टाछुट्टै
कतिपय मानिसले जाडो र गर्मीमा एकै प्रकृतिको मेकअप सामग्री प्रयोग गर्छन् । तर, यसो गर्दा छालामा प्रभावकारी प्रतिक्रिया नदेखिन सक्छ । जाडोमा छाला सुक्खा भएको हुन्छ भने गर्मीमा चिल्लो । जाडोमा मोस्चराइजरको बढी प्रयोग गर्नुपर्ने हुन्छ । गर्मीमा चाहिँ मोस्चराइजरको प्रयोग गरिँदैन । बरु स्किन टोनर प्रयोग गर्नुपर्छ । जाडो र गर्मी मौसमकै लागि भनेर छुट्टाछुट्टै खालका प्रडक्ट खरिद गर्न सकिन्छ ।
अनिवार्य मेकअप प्रडक्ट
१. लिपस्टिक
लिपस्टिकलाई अनिवार्य मेकअप प्रडक्टका रूपमा लिइन्छ । यो सबै कलरमा उपलब्ध हुन्छ र स्किनअनुसार यसको प्रयोग गर्नुपर्छ । ओठ ड्राई छैन भने जट लिपिस्टि प्रयोग गर्नुपर्छ । म्याडको लिपस्टिक सफ्ट हुन्छ । र, लिपस्टिक सीधै ओठमा नलगाउँदा राम्रो हुन्छ । यसो गर्दा गलत प्रडक्टले ओठलाई कालो बनाइदिन पनि सक्छ । लिपबाम प्रयोग गरेपछि लिपस्टिक लगाउँदा राम्रो हुन्छ । सामान्यतया ३ सय ५० रुपैयाँभन्दा बढी मूल्यका लिपस्टिक गुणस्तरीय हुन्छ ।
२. आइस्याडो
पछिल्लो समय मेकअपका क्रममा आइस्याडो पनि अत्यधिक प्रयोग गरिन्छ । क्राइलन, म्याडजस्ता ब्रान्डका आइस्याडो राम्रा हुन्छन् । कतिपय कम गुणस्तरीय चाइनिज प्रडक्ट पनि हुन्छन् । यसबाट जोगिनुपर्छ । सामान्यतया चार सय रुपैयाँभन्दा बढी मूल्यका आइस्याडो राम्रो हुन्छ । कम गुणस्तरीय आइस्याडो चाँडै उडेर जाने समस्या पनि हुन्छ ।
३. प्राइमर
मेकअप गर्नुभन्दा पहिला प्राइमरको प्रयोग गर्दा राम्रो हुन्छ । डेली मेकअप गर्ने बानी भएमा अनिवार्य रूपमा प्राइमरको प्रयोग गर्दा राम्रो हुन्छ । ७–८ सय रुपैयाँको प्राइमर राम्रो हुन्छ ।
४. गाजल
गाजललाई मेकअपमा अनिवार्य प्रयोग गरिन्छ । जुन पायो त्यही गाजलको प्रयोग गर्दा आँखा नै बिग्रने समस्या हुन्छ । जहिले पनि गाजर मार्कर लाइनर लिँदा सहज हुन्छ । यो सजिलै प्रयोग गर्न पनि सकिन्छ । वाटरप्रुफ गाजल प्रयोग गर्दा लामो समय टिकिरहन्छ । राम्रो कम्पनीको गाजल चार सय रुपैयाँभन्दा बढी पर्छ ।
५. मस्कारा
मेकअपमा मस्कारा पनि बढी प्रयोग हुने प्रडक्ट हो । भोलुमवाला मस्कारा प्रयोग गर्दा राम्रो हुन्छ । यस्ता मस्कारा माथिदेखि तलसम्म र पुनः तलदेखि माथितिर लगाउनुपर्छ । यस्ता प्रडक्टले परेलालाई नेचुरल देखाउँछ । सामान्यतया पाँच सयभन्दा बढी मूल्यका मस्करा प्रयोग गर्दा राम्रो हुन्छ ।
६. सनस्क्रिम
गर्मीमा सनस्क्रिम पनि नियमित प्रयोग गर्नुपर्ने हुन्छ । कति घन्टा घामको किरणमा काम गर्नुपर्छ, त्यही मात्रामा सनस्क्रिमको प्रयोग गर्नुपर्छ, जसलाई एचसिएफ पनि भनिन्छ ।
Comments
Post a Comment