साढे ३३ किलो सुनकाण्डका अभियुक्त तथा निलम्बित एसएसपी दिवेश लोहनी सहित ११ जनाको सरुवा, हेनुहोस् को कहाँ पुगे ?



काठमाडौँ । नेपाल प्रहरीका ११ जना एसएसपी ९प्रहरी वरिष्ठ उपरीक्षक०को सरुवा गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार सरूवा हुनेमा साढे ३३ किलो सुनकाण्डका अभियुक्त दिवेश लोहनी सहित अन्य १० अधिकारीहरु पनि रहेका छन् । साढे ३३ किलो सुनकाण्डमा मुछिएपछि तनावमा रहेका उनी मोरङ जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन् । स्वतः निलम्बनमा परेका लोहनीलाई महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालयको जगेडा पुलमा सरुवा गरिएको स्रोतले जनाएको छ । उनको सट्टामा अपराध महाशाखामा धिरजप्रताप सिंहलार्इ ल्याइएको छ ।

बढुवा तथा सरूवा भएर खाली भएका पदमा एसएसपीहरूको सरूवा गरिएको मन्त्रालयले जनाएको छ । यसैबिच प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार शुक्रबार बसेको बढुवा समितिको बैठकले विभिन्न कारणले रिक्त रहेका पदमा बढुवाका लागि सिफारिस गरेको हो । यसैबिच बढुवा समितिको बैठकले १८० जना प्रहरी जवान हवल्दारमा बढुवा हुने निष्कर्ष निकालेको छ । जनपद प्रहरीतर्फका १८० जना जवानलाई सोही समूह तर्फको हवल्दारमा बढुवा गर्न सिफारिस गरेको समितिको बैठकको निष्कर्ष छ ।

Comments