राष्ट्रियसभाका सांसदहरुले ‘साझा आर्थिक कार्यक्रम‘ बनाएर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन सरकारलाई सुझाव दिएका छन ।नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले सरकारलाई प्रमुख प्रतिपक्षलाई पनि साथ लिएर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । शुक्रबार राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकारले नीति तथा कार्यक्रममा राष्ट्रियतामाथि अनावश्यक ढंगले बढाईचढाई गर्ने काम गरेकोभन्दै आपत्ति पनि जनाउनु भयो ।
सांसद देवले मुलुकको समृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले हुलाकी राजमार्ग निर्माणको काममा ढिलाई नगर्न पनि सरकारसँग आग्र्रह गर्नु भयो । यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खिमलाल देवकोटाले मुस्लिम समुदायको मदर्सालाई पनि शिक्षाको राष्ट्रिय मूल धारमा ल्याउन सरकारलाई सुझाव दिनु भयो ।
उहाँले सरकारको नीति तथा कार्यक्रम सामयिक भएको दावी गर्दै त्यसमाथि प्र्रश्न नउठाउन पनि विपक्षी काँग्रेससँग आग्रह गर्नु भयो । सांसद भट्टराईले जनताको समृद्धि र विकासलाई सरकारको नीति तथा कार्यक्रमले उचित ढंगले सम्बोधन गरेको दावी पनि गर्नु भयो । सांसद भट्टराईले सरकारको नीति तथा कार्यक्रमले कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिएको पनि स्मरण गराउनु भयो ।
Comments
Post a Comment