ललितपुर । टंकमाया कार्की १२ वर्षदेखि पिसाबले भिजेको ओच्छ्यानमा सुत्छिन् । पिसाव बगिरहने अर्थात् फिस्टुलाको समस्याले गाँजिएकी टंकमायाको उपचारमा उनका लोग्ने समबरबहादुर कार्कीले वास्तै गरेनन् ।बरु पिसाब चुहिन थालेपछि उनलाई छाडिदिए । कान्छी भित्र्याए । झापा कमल गाँउपालिका ४ की ६८ वर्षीया टंकमाया झुपडीमा एक्लै दिन बिताउँछिन् ।
पिसाब चुहिएर छिःछिः दुर्दुर खेप्नु त छँदैछ । उनलाई सन्तान वियोगको थप पीडा छ ।
टंकमायाले ६ सन्तान जन्माइन । पाँचवटा जन्मिनासाथ मरे । बाँचेको एउटा थियो । ६ वर्ष अघि कमाउन साउदी गएको उतै दुर्घटना भएर मरे ।
टंकमायाले ६ सन्तान जन्माइन । पाँचवटा जन्मिनासाथ मरे । बाँचेको एउटा थियो । ६ वर्ष अघि कमाउन साउदी गएको उतै दुर्घटना भएर मरे ।
टंकमाया भनिछन्, ‘रोग त सहेकै थिएँ सन्तान गुमाउनुको पीडा पनि सहनु पर्यो । ’लोग्ने समरबहादुर कार्कीले माया र साहारा दिनु पर्ने बेलामा अर्को बिहे गरे । उनी भन्छिन्,‘कान्छीसँगै अर्को घरमा बसेका छन, ‘म गन्हाउनेसँग किन बस्थे र !’
लेग्नेबाट एक्लीएकी टंकमायालाई छिमेकीहरुले रेखदेख गर्छन् । लडेर हात भाँच्चिएको छ ।
Comments
Post a Comment