बन्द गर्न भारतलाई पत्र पठाउदा पनि बेवास्ता गरेको विराटनगरको भारतीय फिल्ड अफिस अब प्रधानमन्त्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेरिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताए । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको फिल्ड अफिस पनि उठ्छ ।’
भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस खुलेको थियो । तर, अझैसम्म यो हटेको छैन ।
नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले न पत्रको जवाफ दियो, न कार्यालय नै हटाएको छ ।
नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको भन्दै नेकपा अध्यक्ष ओलीलेे राष्ट्रिय हितबाहेक आफ्ना अरु कुनै स्वार्थ नभएको बताएका छन् । श्रोत – अनलाइन खबर

Comments