टावर मर्मतमा नेपाल टेलिकमले ध्यान नदिँदा स्थानीयलाई टेलिफोनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता भएको छ ।

डोल्पा — नेपाल टेलिकमले सहरतारामा जडान गरेको नमस्ते मोबाइलको टावरमा एक महिनादेखि खराबी आएपछि काइके गाउँपालिकाका स्थानीयवासी सेवाबाट वञ्चित भएका छन् टावर मर्मतमा नेपाल टेलिकमले ध्यान नदिँदा स्थानीयलाई टेलिफोनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता भएको छ । स्थानीयवासी फोन गर्नकै लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहेका अरनिको आधारभूत विद्यालय सहरताराका प्रधानाध्यापक नरबहादुर रानाभाटले बताए । ‘काइके गाउँपालिका नै सञ्चारविहीन भएको छ, हामीले पटकपटक नेपाल टेलिकमलाई मर्मतका लागि आग्रह गर्यौं,’ उनले भने, ‘तर बेवास्ता भएपछि फोन गर्न सदरमुकाम आउनुपर्ने बाध्यता छ ।’ उनका अनुसार काइकेमा टावर बिग्रने समस्या बढी छ ।
मोबाइलको टावर बिग्रेपछि सामान्य कामका लागि समेत स्थानीयले सास्ती बेहोर्नुपरेको स्थानीय शेरबहादुर खत्रीले बताए । उनले टेलिफोन सेवा नहुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ । माथिल्लो डोल्पामा मोबाइल बीटीएस टावर जडान गर्ने भनिए पनि अहिलेसम्म टेलिकमले काम सुरु गरेको छैन । खत्रीले माथिल्लो डोल्पाका बासिन्दालाई टेलिफोन समस्याले सूचना आदानप्रदान गर्न निकै कठिनाइ भएको बताए ।
Comments
Post a Comment