काठमाडौं : नेपाल सरकारले मलेसियाले ल्याएको नीति नसच्याएसम्म नयाँ कामदार नपठाउने भएको छ । मलेसियाको सरकारले नेपाली श्रमिकमाथि भार पार्ने नीति नसच्याएसम्म नयाँ कामदार नपठाउने बताएको हो ।
यो सँगै सरकारले मलेसियाली कम्पनीलाई श्रमिक छनोट गर्ने जिम्मेवारी समेत खोज्ने तयारी सुरु गरेको छ । सरकारले श्रमिक छनोटको प्रक्रिया रोकिसकेको छ । मलेसियाले नेपाली कामदारमाथि गैरकानुनी ढंगले शुल्क असुल्न थालेको भन्दै त्यसमा सरकारले असन्तुष्टि जनाएको हो ।
मलेसियाको भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले शुल्क असुल्न थालेपछि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् मलेसिया सरकारसँग असन्तुष्टि जनाएको हो । सरकारले कुटनीतिक पहलबाटै मलेसियाले लिन लागेको थप शुल्क कटौतीगर्ने तयारी श्रम मन्त्री गोकर्ण विष्टले थालेका छन्।
Comments
Post a Comment