नेपाली म्याराडोनाको रुपमा चर्चित फुटबल खेलाडी मणि शाहको निधन, नेपाललाई बिश्व सामु यसरि चिनाएका थिए ! उनी ओलम्पिक छनोटमा खेलमा पनि सहभागी भएका थिए !


काठमाडौँ — नेपाली म्याराडोनाको रुपमा चर्चित फुटबल खेलाडी मणि शाहको सोमबार साँझ निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत उनको मृत्युको अस्पताल स्रोतले पनि पुष्टि गरेको छ ।कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए ।

शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ १७:४२ बजे चिकित्सकले मृत घोषणा गरेको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ।

मणीले सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफमा राष्ट्रिय टिममा स्थान बनाए, जतिबेला उनी मात्र १७ वर्षका थिए । प्रतियोगितामा नेपाल तेस्रो भयो । उनले पाँच पटटक साफ खेले । सन् १९८७ को साफमा नेपाल तेस्रो भयो । त्यसपछि सन् १९८७ मा दोस्रो भएको नेपाल सन् १९८९, सन् १९९१ मा सहभगी मात्र भयो ।

मणीको चमक त्यसबेला उज्यालियो, जब सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भयो । जसमा फरवार्ड मणीको भूमिका महत्वपूर्ण थियो । त्यसपछि उनी सन् १९९५ मा भारतमा भएको सातौँ साफमा पनि खेले ।

उनी एसियन कप छनोट १९८६, एसियन गेममै जापानमा १९९४, १९९८ मा बैंककमा सहभागी भएका थिए ।

एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गरेर सहभागी भएका उनी एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।

Comments