सन्दीपले आफ्नो डेब्यु वर्षमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जिते !! चुलियो क्रिकेटर सन्दीपको चर्चा, भारतीय खेलाडी र बिश्वका चर्चित खेलाडीले यस्तो सम्म तारिफ गरे सन्दिपको (भिडियोसहित)



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले आफ्नो डेब्यु वर्षमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका छन् ।

सन्दीप लामिछाने नेपाली क्रिकेटमा छाएको धेरै भएको छैन । सन् २०१६ को यु–१९ विश्वकप क्रिकेटदेखि मात्रै सन्दीप चर्चामा आएका हुन् । अहिले उनको चर्चा अरु कुनै स्टार खेलाडीको भन्दा कम छैन ।सन्दीपले आईपीएलमा आफुलाई स्थापित गरिसकेका छन् ।आईपीए) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीप लामिछानेले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेका छन्। जारी आईपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका १७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर आफ्नो सनसनीपूर्ण खेल प्रदर्शन गरे।

दिल्लीको अन्तिम खेलमा सन्दीपले ३ विकेट लिए । दिल्लीलाई जित दिलाउन मुख्य भूमिका खेलेका सन्दीपको चर्चा जताततै चुलिएको छ । फिरोज कोट्ला रंगशालामा भएको खेल सन्दीपको लागि निकै फलदायी बन्यो । सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध ओपनिङ बलिङ गरे । सन्दीपले आफ्नो पुरै ४ ओभर बलिङ ३६ रन खर्चेर ३ विकेट लिए ।

Comments