तपाईलाई मासु किन नखाने भनेर यसका १० कारणहरु लिएर आएका छौं । यी कारणहरु आँफैले मासु किन नखाने भन्ने कुराको बारेमा तपाईलाई जानकारी दिनेछन्:
गरिबलाई मद्धत गर्नुहोस्
यसको धेरै ठूलो कारण छ । एक अध्ययन अनुसार वर्षमा १०० मिलियन टन अन्न बायोइन्धन बनाउनको लागि प्रयोग हुन्छ तर त्यसको सात गुणाभन्दा बढी ७६० मिलियन टन अन्न फार्ममा पालिएका जनावरहरुलाई खुवाउनको लागि प्रयोग हुन्छ ।
आज पनि संसारमा धेरै मानिसहरु खानै नपाएर मरिरहेको तपाईले सुन्नु नै भएको होला । तपाईले मासु खान छोड्ने हो भने गरिब मानिसहरुले खाना खान पाउँछन् ।
जीवजनावरहरुमाथि क्रुर नबन्नुहोस्
मासुको लागि ठूलाठूला फार्ममा जनावरहरुलाई धेरै क्रुर तरिकाले साँघुरो केजमा वा क्रेटमा पालिन्छ । र, मासुखान योग्य भएपछि क्रुर तरिकाले बध गरिन्छ । यी जनावरहरुले कहिल्यै पनि आफ्नो परिवार हुर्काउन, प्राकृतिक वासस्थान मा बस्न, गुँड बनाउन र अन्य प्राकृतिक कुराहरु गर्न पाउँदैनन्. ।
वातावरण जोगाउनुहोस्
संयुक्त राष्ट्रसंघको भर्खरै प्रकाशित एक रिपोर्टका अनुसार मासु खानु विश्वको प्रमुख वातावरण समस्या मध्ये एक हो । रिपोर्टले मासु खानाले विश्वभर रहेका कार, बस, ट्रक, जहाजले उत्पादन गर्ने भन्दा ४० प्रतिशत भन्दा धेरै गि्रनहाउस ग्याँस उत्पादन गर्ने बताएको छ ।
बर्डफ्लुबाट बँच्न
विश्व स्वास्थ्य संगठनका अनुसार एभिएन फ्लु राम्रोसँग नपकाइएको कुखुराको मासु वा अण्डा खानाले लाग्छ । त्यसैले तपाईले शाकाहारी हुनुभयो भने बर्डफ्लु लाग्ने सम्भावना रहँदैन ।
आफ्नो आयु बढाउनुहोस्
मांसाहारी मानिसको भन्दा शाकाहारी मानिसको औसत आयु १० वर्षभन्दा धेरै हुने पाइएको छ । स्वस्थ शाकाहारी खानाले जीवनभरको लागि स्वस्थ रहन मद्धत गर्छ र मुख्य रोगहरु जस्तैः मुटुको रोग, क्यान्सर र हृदयघातबाट बचाउँछ ।
मुटुरोगबाट बच्नुहोस्
मासु खाने मानिसहरुलाई मुटुको रोग लाग्ने सम्भावना शाकाहारीलाई भन्दा ५० प्रतिशतले बढी हुन्छ । चिकित्सकहरुका अनुसार स्वस्थ शाकाहारी खानाले मुटुको रोगलाग्ने जोखिम घटाउँछ ।
क्यान्सरको जोखिम कम गर्नुहोस्
कमिटी फर रेस्पोन्सिबल मेडिसिनका फिजिसियनहरुका अनुसार शाकाहारी मानिसहरुलाई मांसाहारीलाई भन्दा क्यान्सर लाग्ने समस्या ४० प्रतिशतले कम हुन्छ ।
सुन्दर जिउडालको लागि
शाकाहारी हुनु भनेको शरीरको अनावश्यक तौल घटाएर फिट रहनु पनि हो । भारतको एक सर्वेक्षणअनुसार ३१ प्रतिशत भारतीयहरु मोटोपनाको समस्याले ग्रसित छन् तर शाकाहारी भारतीयमध्ये २ प्रतिशत मात्रै मोटोपनको समस्याले ग्रसित छन् ।
विश्व शान्ती कायम गर्न
लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ यदि हामीले विश्वमा शान्तीको कामना गर्छौ भने हामी शाकाहारी बन्नुपर्छ । मासु खानु भनेको आफ्नो स्वादको लागि मात्रै जीवजन्तुको हत्या गर्ने समर्थन गर्नु हो ।
शाकाहारीको मज्जा लुट्नुहोस्
शाकाहारीहरुले जब उनीहरुले मासु छोडेर भेज खाना खान थाले उनीहरुको खानाको विविधता पनि धेरै बढेको बताएका छन् । प्लेटमा मासुको सिमित परिकारको सट्टामा उनीहरुले धेरै प्रकारका गेडागुडी, अन्न, फलफूल, सागसब्जी खान थालेको र कत्तिको त उनीहरुलाई पहिले नामै थाहा नभएको बताउँछन् ।
Comments
Post a Comment